बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको पुलिमरङमा एकदिने मुलवासी राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Sushma Ale | 9 जनवरी 2021

तनहुँको पुलिमरङमा एकदिने मुलवासी राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

मिति jan 9 2021 सनिवारका दिनमा मंगाेल नेेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका   अध्यक्ष प्रेम बहादुर थापा मगर ज्युकाे सभाध्यक्षता र केन्द्रिय सदस्य प्रविना थापा मगरज्युकाे प्रमुख अातिथ्यतामा मंगाेलहरूकाे अावाज विभेदरहित समाज, सम्पुर्ण अहिन्दु मुलवासीकाे एकता देश विकास र राेजगार र शान्तिकाे अावश्यकता, मुलवासी मंगाेलहरूकाे सरकार बनाउनु पर्ने प्रतिबध्दता भन्ने मुल नाराका साथ व्यास०८ पुलिमरङमा एकदिने मुलवासी राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ।विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेसन,गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो । प्रशिक्षण पस्चात धन बहादुर गुरुङ ज्युको अध्यक्षतामा १३ सदस्ययी मंगोल नेशनल अर्गनाइजेसन, व्यास -०८,नगर सभा गठन भएको छ । सदस्यहरुमा रबि परियर,अनिल गुरुङ, शुभाष गुरुङ , दक माया गुरुङ ,गुन बहादुर मगर , मिन बहादुर गुरुङ , प्रेम बहादुर गुरुङ ,आश्माया गुरुङ ,ओम बहादुर गुरुङ , सानू गुरुङ दिल बहादुर गुरुङ,सुधा गुरुङ हुनुहुन्थ्यो ।
विशिष्ट अतिथी गुरुङज्युले सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरुलाइ शुभकामना दिदै अबको एक पुस्ताले मंगोल मुक्तिको लागि त्याग तपस्या र बलिदान दिनुपर्ने बताउनुभयो ।त्यसरी नै प्रमुखतिथी थापाज्युले मंगोल नेशनल अर्गनाइजेसनको जित ढिलै भएपनी निश्चित रहेको बताउदै नवनिर्वाचित पदाधिकारीहरुलाई हौसला दिनुभएको थियो । मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँका सदस्य कुमार कगि गुरुङज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने कोषाध्यक्ष ज्ञानी माया थापाज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्