बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको रिसिङ 2 सुखेपोखरीमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम सम्पन्न

Anita Thapa Magar | 1 मे 2019

तनहुँको रिसिङ 2 सुखेपोखरीमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम सम्पन्न

तनहुँ / मंगोल नेशनल अर्गनाइजेशन रिसिङ गाउँसभाको वडा सभा 2 काहु शिवापुर सभाको आयोजनमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

     30 अप्रील मंगलबारका दिन रिसिङ गाउँसभाको वडा 2 काहु शिवापुर सभाका अध्यक्ष खुम बहादुर थापा मगरको अध्यक्षता र संगठनको केन्द्रीय मूल सचिव थम्मन बुढा मगरको प्रमुख आतिथ्यतामा प्रशिक्षण सम्पन्न भएको हो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथिको रूपमा एमएनओ गण्डकी प्रदेश सभाका प्रचारप्रसार सचिव अनिता थापा मगर रहेकी थिइन भने अन्य अतिथिहरुमा एमएनओ जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगर, सचिव सुस्मा आले मगर त्यस्तै घिरिङ गाउँसभाका अध्यक्ष भिम बहादुर मगर 'ख' सदस्य सुरज थापा मगत, भिम बहादुर मगर 'क' रहनु भएको थियो ।

                     प्रशिक्षणको क्रममा प्रमुख अतिथी तथा प्रनुख प्रशिक्षक बुढा मगरले मंगोल अस्तित्व लगायत इतिहाँसका विभिन्न पानाहरु बारे छर्लङ्ग पार्नु भयो ।

तनहुँको रिसिङ 2 सुखेपोखरीमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम सम्पन्न

       प्रशिक्षणकै क्रममा उहाँले विदेशी बाहुन क्षेत्रीले आज सम्म लाखौं करडौं जालझेल र षडयन्त्रका कारण मंगोलहरुलाई पतन गरेको तर कुनैपनि सत्यताको जीतले यो देशको बागडोर, तालाचाबी हत्याउन सफल नभएको कुरा बताउनु भयो । जबसम्म हामि राजनितीक चेतनशिल बनिएर यो देशको बागडोर, तालाचाबी खोस्न सक्दैनौं तबसम्म हामी दु:ख कष्टपुर्ण जीवन बेतित गर्न बाध्य हुन्छौं भने यो दु:ख हामिले मात्र नभएर हाम्रो आउने भाबी सन्ततिले पनि भोग्नु पर्ने भएकोले हाम्रो भावी सन्ततिको उज्वल भविष्यको निम्ति पनि हामिले एकजुट भई अस्तित्वको लडाई लड्नु पर्ने कुरा बुढामगरले बताउनु भयो । काहु शिवापुरी वडा सभाका कोषाध्यक्ष सोम बहादुर मगरको स्वागत मन्तव्य संगै शुरूवात भएको कार्यक्रम सचिव वामदेव थापा मगरले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्