Anita Thapa Magar | 19 सेप्टेम्बर 2019
तनहुँको सपाङ्दिमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै वडा सभा गठन भएको छ ।
मिति १६ September,2019 को दिनमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम थापा मगर ज्युको सभाध्यक्षता र केन्द्रीय सदस्य प्रबिना थापा मगरको प्रमुख आतिथ्यतामा तनहुँ जिल्लाको रिसिङ गाउँ पालिका-०३, सपाङ्दिमा मुलवासी मंगोलहरुको आवज विभेद रहित समाज सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता , देश विकास, रोजगार र शान्तिको आवश्यकता, मुलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धताका साथ मंगोल राष्ट्रवाद विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अतिथिका रुपमा मंगोल नेशनल अर्गनाइजेसन शुक्लागण्डकी नगर पालिका वडा-१० वडा सभाका सहसचीव प्रेम थापा मगर हुनुहुन्थ्यो । प्रशिक्षण कार्यक्रममा अतिथिज्युले शुभकामना मन्तव्य राख्नु भएको थियो । मन्तव्यकै क्रममा प्रमुख अतिथि थापा ज्युले कार्यक्रममा सहभागी हुन पाउदाको खुशी व्यक्त गर्नुहुदै अन्य कार्यक्रमहरुमा पनि तन, मन र धनले सहयोग गर्ने वाचा गर्दै कार्यक्रम सफलताको शुभकामना दिनुभयो । प्रमुख अतिथिको रुपमा आउनुभएको केन्द्रीय सदस्य थापा ज्युले प्रशिक्षकको भुमिका निभाउदै नेपालको असली राजनीति, अदेखा इतिहास, मानव अस्तित्व इत्यादि विषयमा प्रस्ट्याउदै मुलवासी मंगोल र आदिवासी जनजाति शब्द बिच फरक छुट्याएर मंगोलरास्ट्रवाद सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । यसैगरी उक्त प्रशिक्षण कार्यक्रमकै अवसरमा स्थानीय मंगोलप्रेमी केशर थापा मगरको अध्यक्षतामा २५ सदस्यीय मंगोलल नेसनल अर्गनाइजेसन रिसिङ गा.पा-०५ वडा सभा गठन भएको छ । जसको सचिवमा बाल कृष्ण थापा मगर, कोषाध्यक्षमा विष्णु माया आले मगर र प्रचारप्रसार सचीवमा दामोदर वि.क. चयन भएका छन् । सदस्यहरूमा बाम देव थापा मगर, जङ्ग बहादुर थापा मगर, दिलु थापा मगर , विष्णु माया दर्लामी , विक्रम वि.क., सोम बहादुर थापा मगर, केशव थापा मगर, अर्जुन थापा मगर, हेम बहादुर थापा मगर, दान बहादुर थापा मगर, प्रेम बहादुर नेपाली, सुकु माया वि.क, हर्क बहादुर थापा मगर र दिल बहादुर थापा मगर, भिम बहादुर थापा मगर, तुलसी माया थापा मगर, दुर्गा नेपाली, मन बहादुर नेपाली, मनमाया वि.क., तिल माया वि.क.र रन बहादुर थापा मगर रहेका छन् । एम.एन.ओ. जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानि माया थापा मगर स्वागत मन्तव्य राख्नु भएको थियो भने उक्त प्रशिक्षण कार्यक्रम संचालन जिल्ला सभा तनहुँका सचीव शुश्मा आले मगरले गरेकि थिइन् ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology