Anita Thapa Mongol | 9 अगस्ट 2019
09 August,2019 /तनहुँ
जिल्ला सभा तनहुँमा पनि विश्व मुलवासी दिवस मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको आयोजनामा ब्यास नगर तमु सुधार समाजको भवन , दमौली तनहुँमा जिल्ला अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाधक्ष्यतामा र केन्द्रिय सदस्य प्रबिना थापा मगरको प्रमुख आतिथ्यतामा २५ औं विश्व मुलवासी दिवस सभ्य र भव्य रुपमा मनाउन सफल भएको छ । कार्यक्रममा विशिष्ट अतिथिहरुका रुपमा गण्डकी प्रदेश सभाका प्रचारप्रसार सचीव अनिता थापा मगर र भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो ।अतिथिहरुका रुपमा घिरिङ गाउँ सभाका अध्यक्ष भिम बहादुर थापा मगर , आबुखैरेनी गाउँ सभाका अध्यक्ष कुमारकाजी तमु , आबुखैरेनि वडा-४ वडाअध्यक्ष तुल बहादुर गुरुङ र आबुखैरेनि वडा-२ वडा सभाका स-सचीव विक्रम थापा मगर हुनुहुन्थ्यो ।प्रमुख अतिथिज्युले मुलवासी दिवस मनाउनुको कारण र नेपालक्क मुलवासी मंगोलहरुको हक , अधिकार र अस्तित्वको लागि डा. गोपाल गुरुङज्युले दिनु भएको त्याग, तपस्या र बलिदानको बारेमा प्रस्ट पार्दै सम्पुर्ण मुलवासीहरुलाइ मंगोल हुनुमा गर्व गर्नु पर्ने बताउँदै मंगोल नेशनल अर्गनाइजेसनलाई तन मन र धननले क्षमता अनुसार साथ दिए मंगोल मुक्ती छिट्टै सम्भब भएको कुरालाइ जोड दिनु भयो। साथै विशिस्ट अतीतहरु लगायत अन्य सम्पुर्ण अतिथीज्युहरुले दमदार मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य सुमन थापा मगरले दिनुभएको थियो र सन्चालन जिल्ला सचीव शुस्मा आले मगरले गर्नु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology