मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको देवघाट गाउँ सभा गठन

Aneeta Thapa Magar | 21 मार्च 2021

तनहुँको देवघाट गाउँ सभा गठन

तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको पहलमा मंगोल नेशनल अर्गनाइजेशन देवघाट गाउँ सभा गठन भएको छ ।

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगर ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ ज्युको प्रमुख आतिथ्यतामा २०२१ मार्च २१ को दिनमा तनहुँ जिल्ला अन्तर्गत देवघाट गाउँपालिका ४ काफल डाँडामा सम्पन्न भएको एकदिने मुलवासी मंगोल प्रशिक्षण पश्चात् दिनेश गुरुङ ज्युको अध्यक्षतामा ११ सदस्यीय देवघाट गाउँ सभा गठन भएको हो । मुलवासी मंगोलहरुको आवाज-विभेदरहित समाज, सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता, देशविकास, रोजगार र शान्तिको आवश्यकता, मुलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धता भन्ने मुल नाराका साथ सम्पन्न एकदिने मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रमका अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी गाउँ सभाका कार्यवाहक अध्यक्ष माया गुरुङ र आबुखैरेनी गाउपालिका ४ वडा सभाका अध्यक्ष बुद्धि बहादुर रहनुभएको थियो । कार्यक्रमका अतिथी ज्युहरुले मंगोल नेशनल अर्गनाइजेशनका लक्ष्य र उदेश्य प्रष्ट्याउदै कार्यक्रम सफलताको शुभकामना दिई मन्तव्य राख्नुभएका थिए । कार्यक्रमका सभाधक्ष्य थापा ज्युले नै उपस्थित मुलवासी मंगोल समुदायहरुलाई मानव अस्तित्व र मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण नेपालको राजनैतिक परिवेश र नेपाली ईतिहास खोतल्दै प्रभावकारी प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रमुख अतिथी गुरुङ ज्युले मन्तव्यको क्रममा नेपालको आमूल परिवर्तन गर्न देशका असली मुलवासी मंगोल युवाहरू राजनैतिक रुपमा चेतनशील भइ राजनीतिमा अग्रसर हुनुपर्छ भन्दै मंगोल नेशनल अर्गनाइजेशनको महत्व बताउनुभयो । उक्त कार्यक्रम पश्चात् दिनेश गुरुङको अध्यक्षतामा नवगठित मंगोल नेशनल अर्गनाइजेशन देवघाट गाउँ सभाका सचीवमा मित्रलाल गुरुङ हुनुहुन्छ भने अन्य सदस्यहरुमा चमेली गुरुङ, तिल बहादुर गुरुङ, मेखलाल गुरुङ, गणेश गुरुङ, चन्द्र माया गुरुङ, देवी माया गुरुङ, मंगल बहादुर गुरुङ, गङ्गा माया गुरुङ र तिलिसरा गुरुङ हुनुहुन्छ । कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य याम बहादुर ज्युले दिनुभएको थियो भने सञ्चालन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानी माया थापा मगर ज्युले गर्नुभएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्