शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँमा एम एनओ संस्थापक डा गोपाल गुरुङ ज्युको ८६ औ जन्मोत्सव सम्पन्न

Susma Aale | 27 जूलाई 2021

तनहुँमा एम एनओ संस्थापक डा गोपाल गुरुङ ज्युको ८६ औ जन्मोत्सव सम्पन्न

तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव तनहुँ जिल्ला कार्यालयमा हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगर ज्युको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन, केन्द्रिय सदस्य प्रविना थापा मगर ज्युको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँको आयोजनामा व्यास नगरपालिका वडा २, दमौली तनहुँस्थित तनहुँ जिल्ला सभाको कार्यालयमा उक्त कार्यक्रम सभ्य र भव्य रुपमा हर्षोल्लासका साथ सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अथितिहरुमा मंगोल नेशनल अर्गनाइजेशन, गण्डकी प्रदेश सभाका सह-सचिव अनिता थापा मगर र सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो । अतिथिहरुमा मंगोल नेशनल अर्गनाजेशन, आबुखैरेनी गाउँ सभाका कोषाध्यक्ष माया गुरुङ र मंगोल नेशनल अर्गनाइजेशन, घिरिङ गाउँ सभाका सदस्य बल बहादुर थापा मगर ज्यु हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि ज्युले युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको त्याग, तपस्या र बलिदानले नै नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता आएको हो र नेपालका शिर्ष दलहरुले बन्दुकको नालबाट मात्रै मुलुकमा परिवर्तन आउँछ भन्ने कुरालाई झुठ सावित गर्दै मस्तिष्कको वा वैचारिक लडाइँबाट मात्रै परिवर्तन हुन्छ भन्ने कुरा ड.गोपाल गुरुङ ज्युले प्रमाणित गर्नुभएको हो । किनकि उहाँले बोलेकै मात्रै कुराहरु पनि पूरा हुँदै आएको छ । विशिष्ट अतिथि थापा ज्युले युगपुरुष अमर ड.गोपाल गुरुङ निर्भिक, दुरदर्शी नेता हुनुहुन्छ जो भौतिक रुपमा यो संसारबाट विदा लिएर जानू भएतापनि हजारौं वर्ष बाचिरहनुहुन्छ भन्दै उहाँको जन्मोत्सव हाम्रो लागि हर्षोल्लासको दिन हो भनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्यसै गरि विशिष्ट अतिथि भक्त बहादुर गुरुङ ज्युले नेपालमा जन्मिएका महापुरुषहरु मध्ये प्रथम सिदाहा बुद्ध र दोस्रो युगपुरुष अमर ड.गोपाल गुरुङ हुनुहुन्छ भन्दै शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण अतिथी ज्युहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँका अध्यक्ष ज्युले कोभिड-१९ को निषेधाज्ञाको कारण गाउँ-गाउँमा गएर मंगोल दर्शन फैलाउने कार्यक्रम निरन्तरता दिने वाचाका साथ सभा विसर्जन गर्नुभएको थियो । मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानि माया थापा ज्युले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला सभाकै सचीव र सह-सचीव क्रमशः सुस्मा आले मगर र शम्भु राना मगरले गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्