शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँमा जेल मुक्त दिवस सम्पन्न

Susma Aale | 13 अप्रिल 2021

तनहुँमा जेल मुक्त दिवस सम्पन्न

तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको आयोजनामा एम एनओ फाउण्डर युगपुरुष अमर डा.गोपाल गुरुङ ज्युको जेल मुक्त दिवस भव्य र सभ्यताको साथ सम्पन्न भएको छ ।

१३ एप्रील २०२१ को दिनमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सह-सचिब अनिता थापा मगर ज्युको प्रमुख आतिथ्यततामा युग पुरुष अमर ड.गोपाल गुरुङ भद्रगोल जेल मुक्त हुनु भएको दिन भद्रगोल जेल मुक्त दिवस कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको कार्यलयमा जिल्ला सदस्य तथा अन्य महानुभावहरुको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी थापा ज्युले युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युलाई नेपाली राजनीतिमा अदेखा सचाइको दोस्रो संस्करणको फोटोकपिको आधारमा अन्य बिना गल्ति दुई वटा राज्द्रोही मुद्दा लगाएर तात्कालीन पन्चायत शासकहरुले जेल चलान गरेको र अन्तत: अन्तर्राष्ट्रिय दबाब थेग्न नसकेर बाहुन क्षेत्रिले १३ एप्रील १९९० मा जेल मुक्त गर्न बाध्य भएको हो । बाहुन क्षेत्रीको आगाडि कहिले नझुकी ८० प्रतिशत अहिन्दु मुलबासीको निम्ति सारा जीवन समर्पण गरे यसकारण युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युलाई कहिल्यै भुल्न नहुने भन्दै शुभकामना मन्तव्य राख्नु भयो । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सह-सचिव शम्भु राना ज्युले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचीव सुस्मा आले ज्युले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्