आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहूँमा मंगोल प्रशिक्षण सम्पन्न

Sushma Ale | 7 मार्च 2021

तनहूँमा मंगोल प्रशिक्षण सम्पन्न

मिति mar 6, 2021, सनिवारको दिनमा मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापाज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन, केन्द्रिय सभाका सदस्य प्रविना थापा मगरज्युको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँको आयोजना भानु १३ मा मंगोलहरुको आवाज विभेदरहित समाज,सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता देश विकास र रोजगार र शान्तिको आवश्यकता , मुलवासी मंगोलहरुको सरकार बनाउनु पर्ने प्रतिबद्धता भन्ने मुलनाराका साथ मुलबासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेसन,गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो ।बिशिष्ट अतिथी ज्युले यो देश्को आमूल परिवर्तनका लागि मंगोल नेशनल अर्गनाइजेसन अबको अन्तिम विकल्प हो भन्दै शुभकामना मन्तव्य दिनु भएको थियो। कार्यक्रमका प्रशिक्षक तथा प्रमुख अतिथी थापाज्युले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण प्रचात कुल बहादुर गुरुङ ज्युको अध्यक्षतामा १७ सदस्यीय मंगोल नेशनल अर्गनाइजेसन भानु -१३, भानु वडा सभा गठन भयो ।क्रमश सदस्यहरुमा बिष्णु सिं गुरुङ ,सुस्मिता गुरुङ ,कबिना गुरुङ ,ममता गुरुङ ,इन्द्र गुरुङ ,निर्मला गुरुङ एन्जिला गुरुङ ,दिल कुमार गुरुङ,सुमन गुरुङ ,मोती गुरुङ ,राज गुरुङ ,दाल माया गुरुङ ,कुमारी गुरुङ ,हिरा गुरुङ ,माया गुरुङ र सुक माया गुरुङ हुनुहुन्थ्यो।मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँका सदस्य भिम बहादुर थापाज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने कोषाध्यक्ष ज्ञानी माया थापाज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्