मङ्गलबार 30 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँमा मंगोलले थाल्यो चुनाबी अभियान

mongolvision | 26 मार्च 2022

तनहुँमा मंगोलले थाल्यो चुनाबी अभियान


तनहुँ / मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी गाउँ सभाले स्थानीय तहको चुनाव लाई मध्य नजर गर्दै चुनावी अभियानको थालनी गरेको छ । आबुखैरेनि गाउँ पालिका वडा नं. ४ टोल सभाको आयोजनामा  एक दिने मंगोलवाद सम्बन्धी प्रशिक्षण सगै चुनावी सभा  कार्यक्रम सम्पन्न भएको छ।
२४ मार्च २०२२ का दिन उक्त टोल  सभाका अध्यक्ष रितु खवासल मगरको सभाधक्ष्यतामा एवं संगठनका केन्द्रिय सदस् प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको हो । कार्यक्रममा अथितिहरुमा जिल्ला सभा तनहुँका सदस्यहरु कुमार काजी तमु, याम गुरुङ , तुल बहादुर गुरुङ, शुक्लागण्डकी  नगर सभा अध्यक्ष प्रताप राना हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि मगरले प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध हुन आव्हान गर्नुभयो ।त्यस्तै उहाले चुनावी प्रचार प्रसारमा लाग्न सबै नेता कार्यकर्ताहरु लाई आह्वान गर्नु भयो । जिल्ला सभा तनहुँका सदस्य कुमार काजी  गुरुङज्युले स्वागत मन्तव्य राखेको कार्यक्रम आबुखैरेनी गाउँ सभा तनहुँका अध्यक्ष बुद्धि बहादुर गुरुङ्ले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्