बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँमा मंगोलवाद सम्बन्धी प्रशिक्षण

mongolvision | 31 अक्टोबर 2021

तनहुँमा मंगोलवाद सम्बन्धी प्रशिक्षण


तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाको आयोजनामा रिसिङ -७ स्थित अर्खल्छाप गाउँमा एकदिने मंगोलवाद सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
असोज १३ गते सनिवार   तनहुँ जिल्ला सभा अध्यक्ष प्रेम बहादुर  मगरको सभाधक्ष्यतामा संगठन  केन्द्रिय सर्वोच्च सभा सदस्य रिन्छेन तामाङ ज्युको प्रमुख आतिथ्यततामा सम्पन्न भएको हो ।कार्यक्रममा विशिष्ट केन्द्रिय सदस्य प्रविना थापा मगर हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा गण्डकी प्रदेश सभाका सदस्य भक्त गुरुङ, धादिङ जिल्ला अध्यक्ष धर्मराज गुरुङ ,  घिरिङ गाउँ सभा अध्यक्ष भिम बहादुर मगर र प्रवास सभा अफगानिस्तान  सदस्य प्रताप राना रहनुभएको थियो ।
        कार्यक्रममा  अतिथि  र विशिस्ट अतिथिले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि ज्युले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउनुभएको थियो । प्रशिक्षणकै दौरानमा उहाँले बाहुनवाद अर्थात हिन्दुवादको समूल अन्त्यका निम्ति अब यो देशका मुलवासी मंगोल समुदायहरु मगर, गुरुङ, राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मंगोल भावनाले मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमकै अवसर पारेर भिम बहादुर  मगरको अध्यक्षतामा ९ सदस्यीय मंगोल नेसनल अर्गनाइजेशन रिसिङ गाउँ सभा पुनर्गठन भएको छ । सदस्यहरुमा फागुराम थापा मगर, तुल ब आले, मीन ब थापा, पितन थापा मगर, विष्णु आले, सुमन आले, विवाहा नेपाली र कृष्ण थापा मगर रहनुभएको छ । एम. एन. ओ. जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानि माया मगरले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम जिल्ला सचीव सुस्मा आलेले संचालन गर्नु भएको थियोे ।

तनहुँमा मंगोलवाद सम्बन्धी प्रशिक्षण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्