आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुमा मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण

mongolvision | 4 अक्टोबर 2021

तनहुमा  मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण


तनहु / मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी वडा-०४ वडा सभाको आयोजनामा एक दिने मुलबासी मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।वाड सभाका  अध्यक्ष रण बहादुर खवासज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका अध्यक्ष नर बहादुर गुरुङज्युको प्रमुख आतिथ्यततामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अथितिमा गण्डकी प्रदेश सभाका प्रचार प्रसार सचिव भिम बहादुर गुरुङ हुनुहुन्थ्यो भने  अन्य अतिथिहरुमा  गण्डकी प्रदेश सभाका सदस्य भक्त गुरुङ,  जिल्ला सभा तनहुँका सदस्य कुमारकाजी तमु, सदस्य याम गुरुङ, सदस्य तुल बहादुर गुरुङ, जिल्ला सभा स्याङ्जाका सल्लाहकार दिल प्रसाद गुरुङ,  आबुखैरेनी वडा-०२ वडा सभाका अध्यक्ष चिज कुमार गुरुङ र आबुखैरेनी वडा-०२ टोल सभाका अध्यक्ष हिमाल गुरुङ हुनुहुन्थ्यो।
कार्यक्रमका विशिष्ट अतिथी र अन्य अतिथिज्युहरुले पनि सुभकामना मन्तव्य राख्नु भएको थियो। प्रशिक्षकज्युले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण प्रचात टोल सभा गठन भएको थियो। मंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनी वडा-०२ टोल सभाका अध्यक्ष हिमाल गुरुङज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभाका सचीव प्रकाश परियारज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्