Susma Aale | 9 अगस्ट 2021
तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको कार्यालयमा २७ औं मूलवासी दिवस हर्षोल्लासका साथ सम्पन्न भएको छ।
मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगर ज्युको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सदस्य प्रविना थापा मगर ज्युको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको आयोजनामा व्यास नगरपालिका वडा नम्बर २, दमौली तनहुँस्थित मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाको कार्यालयमा सभ्य र भव्य रुपमा हर्ष उल्लासका साथ २७औं विश्व मुलबासी दिवसको कार्यक्रम सम्पन्न भएको हो। विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सह-सचिव अनिता थापा मगर हुनुहुन्थ्यो। अतिथिहरुमा मंगोल नेशनल अर्गनाजेशन आबुखैरेनी गाउँ सभाका अध्यक्ष बुद्धि बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी २ नम्बर वडा सभाका अध्यक्ष चिज कुमार गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी ४ नम्बर वडा सभाका अध्यक्ष रण बहादुर खवास मगर, मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी टोल सभाका अध्यक्ष हिमाल गुरुङ ज्यु हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि ज्युले आदिवासी जनजाती हौं भन्दै हिन्ने हाम्रो मुलबासी मंगोलहरु बाहुनहरुलाई ठूलो पदमा पुराउन र बाहुनलाई टिकाउन बोकेको झोला मात्रै हो भन्दै शुभकामना मन्तव्य राख्नुभयो ।
विशिष्ट अतिथि थापा ज्युले एउटा धोकापुर्ण रुपले हिन्दुवादी शासकले World Indigenous Day (विश्व मुलबासी दिवस ) लाई विश्व आदिवासी दिवस भनि खस भाषामा प्रचार गर्ने चलन हिजो पनि थियो र आज पनि छ तर अब हामीले हाम्रो मुलबासी मंगोलहरुलाई World Indigenous Day विश्व आदिवासी दिवस नभई विश्व मुलबासी दिवस हो भनी बुझाउनु पर्छ भनि शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण अतिथी ज्युहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँका अध्यक्ष ज्युले कोभिड-१९ को निषेधाज्ञाको कारण गाउँ-गाउँमा गएर मंगोल दर्शन फैलाउने कार्यक्रम निरन्तरता दिने वाचाका साथ सभा विसर्जन गर्नुभएको थियो । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानि माया थापा ज्युले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला सभाकै सचीव सुस्मा आलेले गर्नु भएको थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology