शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँमा २८ औँ विश्व मूलवासी दिवस

mongolvision | 10 अगस्ट 2022

तनहुँमा २८ औँ विश्व मूलवासी दिवस


तनाहुँ/ मंगोल नेसनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको आयोजनामा तनहुँको दमौलीमा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।
       ९ अगस्टका दिन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाध्यक्षता एवं संगठनका केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा उक्त कार्यसम्पन्न भएको हो। कार्यक्रमको विशिष्ट अथितिहरु गण्डकी प्रान्तीय सभा सहसचिव अनिता थापा मगर , सदस्य भक्त गुरुङ रहनुभएको थियो भनेअथितिहरुमा रिशिङ गाउँ सभाअध्यक्ष भिम बहादुर आले, सुक्लागण्डकी नगर सभा अध्यक्ष प्रताप राना मगर, व्यस नगर सभा अध्यक्ष चन्द्र गुरुङ, अबुखैरेनी  गाउँ सभा सचिव प्रकाश परियार,आबुखैरेनी वडा-४ वडा सभा अध्यक्ष रण बहादुर खवास मगर हुनुहुन्थ्यो ।

कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथीले कार्यक्रमलाई सम्बोधन गर्दै रिगोबेर्टा मेन्चु विश्व मूलवासी दिवसको प्रेरणा रहेको कुरा जगजाहेर गर्दै संसारभरका मूलबासीहरुमा विश्व मूलबासी दिवसको शुभकामना व्यक्त गर्नुभयो । एम.एन.ओ. तनहुँ जिल्ला प्रचारप्रसार सचीव विष्णु माया आलेले स्वागत मन्तव्य राकेको उक्त कार्यक्रम सचिव सुस्मा आलेले सञ्चालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्