शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँमा २६ औं विश्व मुलवासी दिवसको अवसरमा सभ्य र भव्यरुपमा कार्यक्रम सम्पन्न भएको छ

अनिता थापा मगर | 9 अगस्ट 2020

तनहुँमा २६ औं विश्व मुलवासी दिवसको अवसरमा सभ्य र भव्यरुपमा कार्यक्रम सम्पन्न भएको छ

तनहुँ/ 09 अगष्ट ,2020 को दिनमा मंगोल नेशनल अर्गनाइजेसन( एम.एन.ओ.), जिल्ला सभा तनहुँको कार्यलय ,व्यास-०२, दमौली ,तनहुँमा एम.एन. ओ.तनहुँ जिल्लाको दोस्रो एतिहासिक अधिवेशनको मुल आयोजक सभाका संयोजक प्रेम थापा मगरज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन , केन्द्रीय सभाका केन्द्रिय सदस्य प्रबिना थापा मगरज्युको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेसन , तनहुँको दोस्रो जिल्ला अधिवेशनको मुल आयोजक सभाको आयोजनामा २६ औं विश्व मुलवासी दिवसको अवसरमा सभ्य र भव्यरुपमा कार्यक्रम सम्पन्न भएको छ । विशिष्ट अतिथिहरुको रुपमा मंगोल नेशनल अर्गनाइजेसन ,गण्डकी प्रदेश सभाका सह-सचीव अनिता थापा मगर र सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो । त्यसरि नै अन्य अतिथिहरुको रुपमा मंगोल नेशनल अर्गनाइजेसन ,घिरिङ गाउँ सभाका अध्यक्ष भिम थापा मगर र सदस्य वीर बहादुर थापा, आबुखैरेनी गाउँ सभाका अध्यक्ष कुमार काजी तमु, सदस्य अमर गुरुङ र सल्लाहकार याम बहादुर गुरुङ , एम.एन.ओ., आबुखैरेनी गा.पा.-०४, वडा सभाका अध्यक्ष तुल बहादुर गुरुङ , घिरिङ गा.पा.-०३,वडा सभाका अध्यक्ष परशुराम थापा मगर हुनुहुन्थ्यो । कार्यक्रममा आमन्त्रित सम्पुर्ण अतिथिज्युहरुले २६औं मुलवासी दिवसको अवसरमा महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथिज्युले विश्व मुलवासी दिवस मनाउनुको कारण ,साथै आदिवासी जनजाती र मुलवासी मंगोल यी दुई शब्दहरुमा, यो देशका 80% अहिन्दु मुलवासि मंगोलहरु बिना दोधार मुलवासी भन्नलाइ गर्व गर्न आव्हान गर्दै अबको ४/५ वर्ष भित्र मंगोल अनुहारले चलाएको मंगोलको देश चिन सुपर शक्तिको रुपमा आउने कुरा मंगोल नेशनल अर्गनाइजेसनका वर्तमान प्रेसिडेन्टज्युले बताउनुभइसकेको हुँदा नेपालमा पनि मुलवासी मंगोलहरुको मुक्ती छिट्टै हुनेछ यसकारण अत्यन्तै धैर्य धारण गरि इमानदारपुर्वक सङ्ग्ठनमा एकबद्ध भएर हिंड्नु पर्छ भनी २६औं मुलवासी दिवसको शुभकामना दिदै मन्तव्य दिनुभएको थियो। उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसन तनहुँको दोस्रो एतिहासिक जिल्ला अधिवेशनको मुल आयोजक सभाका सचीव सुस्मा आले मगरले संचालन गर्नुभएको थियो र स्वागत मन्तव्य कायवाहक कोषाध्यक्ष ज्ञानि माया थापा मगरले दिनुभएको थियो।

तनहुँमा २६ औं विश्व मुलवासी दिवसको अवसरमा सभ्य र भव्यरुपमा कार्यक्रम सम्पन्न भएको छ

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्