आइतबार 28 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँमा युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

अनिता थापा मगर | 27 जूलाई 2020

तनहुँमा युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

तनहुँ/ आज मिति 27th July,2020 को दिनमा मंगोल नेशनल अर्गनाइजेसन , जिल्ला सभा तनहुँका पुर्व अध्यक्ष प्रेम थापा मगरज्युको सभाधक्ष्यतामा र केन्द्रिय सदस्य प्रविना थापा मगरज्युको प्रमुख आतिथ्यतामा तनहुँ जिल्लाकै कार्यालय, व्यास नगरपालिका-०२ , दमौली , तनहुँमा सभ्य र भव्यरुपमा सम्पन्न भएको छ । विशिष्ट अतिथिहरुका रुपमा मंगोल नेशनल अर्गनाइजेसन,गण्डकी प्रदेश सभाका स-सचीव अनिता थापा मगर र सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो । साथै अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेसन , घिरिङ गाउँ सभाका अध्यक्ष भिम बहादुर थापा मगर , आबुखैरेनी गाउँ सभाका अध्यक्ष कुमारकाजी तमु र सल्लाहकार याम गुरुङ लगायत म्याग्दे गाउँपालिका वडा न.४, वडा सभाका अध्यक्ष पदम थापा मगर हुनुहुन्थ्यो । कार्यक्रममा आमन्त्रित सम्पूर्ण अतिथिज्युहरुले अत्यन्तै गहकिलो मन्तव्यहरु राख्नु भएको थियो। प्रमुख अतिथिज्युले ड.गोपाल गुरुङ्ज्युले यो देशका ८०% अहिन्दु मुलवासी मंगोलहरुको लागि आफ्नो जीवन समर्पण गर्नु भएको बताउदै उहाँले गर्नु भएको त्याग तपस्या र बलिदान सधैं सम्झना गरिरहने र मंगोल मुक्तिको लागि निरन्तर अथक पाइलाहरु चालिराख्नु पर्छ भनेर शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमका सभाधक्ष्यज्युले कोभिड-19,कोरोना भाइरसको कारण विश्वलाई नै परेको प्रभावले मंगोल नेशनल अर्गनाइजेसनका गतिविधिहरु केहि समयका लागि रोकिएतापनी अब आउने समयानुकूल विविध कार्यक्रमहरु जारी राख्ने र स्थगित भएको दोस्रो तनहुँ जिल्ला अधिवेशन छिटै महामारीको प्रभाव कम भएपछि गर्नेछौँ भनी सभा बिसर्जन गर्नुभएको थियो।कार्यक्रम सन्चालन मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँका पुर्व सचिव सुस्मा आलेज्युले गर्नुभएको थियो भने स्वागत मन्तव्य पुर्व सदस्य शम्भु रानाज्युले गर्नुभएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्