Baneera Mongol Meche | 23 फेब्रुअरी 2019
झापा/ मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला १३औं जिल्ला अधिवेशन मूलआयोजक सभाको सक्रियतामा झापाको गौरादहमा प्रचारप्रसार संगै तदर्थ गौरादह नगरसभा गठन भएको छ ।
23 फेब्रुअरी शनिबारका दिन मंगोल नेशनल अर्गनाइजेशन प्रदेश नम्बर एक सभाका सदस्य राजेन्द्र चेम्जोङको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतमा एक प्रशिक्षण कार्यक्रमको बीच पन्ध्र सदस्यीय तदर्थ गौरादह नगर सभा गठन भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन प्रदेश नम्बर एक सचिव सागर राई र अतिथिमा १३औं झापा जिल्ला अधिवेशन मूलआयोजक सभाका प्रचार संयोजक भरत राई लगायत सदस्य केवि तामाङ रहनु भएको थियो ।
उक्त नवगठित तदर्थ नगर सभाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश: भिम देवान, विशाल राई, मेनुका राई र बिकास लावती छन भने सदस्यहरूमा मानबहादुर चेम्जोङ, बिक्रम लिम्बू, सुमन नेम्बाङ, सन्त लिङ्लेकु, गौरिमान चेम्जोङ, देवकुमार लावती, ठगेन्द्र चेम्जोङ, नमुना आङ्बो, सविता मगर, चन्द्र विश्वकर्मा र सरू चेम्जोङ रहेका छन् । यसैगरी कार्यक्रममा प्रमुख अतिथी मेचेले गौरादहका अहिन्दू मूलवासी मंगोलहरुको बाक्लो उपस्थिति बीच संगठनको निति नियम र उद्धेश्य बारे प्रष्ट पार्नु भयो भने नेपालको वास्तविक समस्या वर्णभेदी नीति र यसको जरैदेखि निर्मुल पार्ने एकमात्र अचुक औषधि मंगोल दर्शन मात्रै भएको दावी गर्नुभयो । त्यस्तै उहाँले मानव अस्तित्व सम्बन्धि प्रष्ट पार्नु हुँदै विदेशी बाहुन क्षेत्रीहरुले पुस्तौंदेखि अहिन्दू मूलवासी मंगोलहरुलाई मानव अस्तित्व विहीन बनाई मंगोललाई मंगोल भन्न नदिइएकोले आज मंगोल नेशनल अर्गनाइजेशनले हाम्रो अस्तित्व मंगोल भनि आवाज उठाई रहँदा मंगोलहरुलाई बिरानो लागेको कुरा बताउनु भयो । यस्तै कार्यक्रमका विशिष्ट अतिथी सागर राई लगायत भरत राईले पनि आ-आफ्नो मन्तव्य राख्नु हुँदै नेपालको समस्या निराकरणको लागि अबको अन्तिम विकल्पनै मंगोल राष्ट्रवाद रहेको कुरा बताउनु भयो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology