शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देबदह नगर सभाको दोस्रो अधिबेशन सम्पन्न

mongol vision | 15 मार्च 2021

देबदह नगर सभाको दोस्रो अधिबेशन सम्पन्न

रुपन्देही/ मंगोल नेशनल अर्गनाईजेशन देवदह नगर सभाको दोस्रो ऐतिहासिक नगर अधिवेशन देवदहको पिपलडाडा स्थित ओम दर्शन पार्टी प्यालेसमा सभ्य तथा भव्य रुपमा सु-सम्पन्न भएको छ ।

१५ मार्च २०२१ मा भएको उक्त दोस्रो ऐतिहासिक देवदह नगर अधिवेशनका संयोजक इन्द्र बहादुर नेपालीको सभाध्यतामा, नगर सभाका वरिष्ठ सल्लाहकार वाशुदेव नेपालीको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय मुल सचिव थम्मन बहादुर बुढा मगर रहनु भएको थियो भने विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य शिव बहादुर गुरुङ रहनु भएको थियो । अन्य अतिथिहरुमा केन्द्रीय सदस्यहरु करन सिंह नेपाली, चन्द्र कुमारी गुरुङ, लुम्बिनी प्रदेश सभा सदस्यहरु वीर बहादुर गुरुङ, खिल बहादुर गाहा, देब गुरुङ लगायतका जिल्ला तथा वार्ड सभाका नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । १४ मार्चको दिन दोस्रो नगर अधिवेशनको बन्द सत्रबाट सृजना गुरुङको अध्यक्षतामा २१ जनाको मंगोल नेशनल अर्गनाइजेशन देवदह नगर सभाको निर्माण भएको हो । नवगठित नगर सभाको सचिव अनिल कुमार गुरुङ, कोषाध्यक्ष मन्जु गुरुङ, सह-सचिव डम्बर राना, प्रचार प्रसार सचिव इन्द्र बहादुर श्रेष्ठ रहनु भएको छ भने देवदह नगर वरिष्ठ सल्लाहकारहरु इन्द्र बहादुर नेपाली, वाशुदेव नेपाली, सदस्यहरुमा इमान सिंह गुरुङ, गम प्रसाद गुरुङ, रामु वि.क., नेत्र बहादुर गुरुङ, रोशन रणपाल, दुर्गा गुरुङ, दिवस रेश्मी, अमन गुरुङ, सल्लाहकारहरु टङ्क बहादुर विक, ओम प्रकाश गुरुङ, रोज बहादुर गुरुङ, मीन बहादुर आले, पतिराम गुरुङ हुनुहुन्छ। उक्त कार्यक्रममा स्वागत मन्तव्य नवगठीत नगर अध्यक्ष सृजना गुरुङले राख्नुभएको थियो भने शुभकामना मन्तव्य राख्नुहुने तेस्रो रुपन्देही जिल्ला अधिवेशन मुल आयोजक सभाका सदस्यहरु कुलविर घर्ती मगर, चन्द्र बहादुर गुरुङ, जिल्ला सह-सचिव मेख बहादुर गाहा, जिल्ला कोषाध्यक्ष प्रेम अदै मगर, लुम्बिनी प्रदेश सभाका सदस्यहरु देब गुरुङ, खिल बहादुर गाहा, वीर बहादुर गाहा, केन्द्रीय सदस्यहरु चन्द्र कुमारी गुरुङ, करन सिंह नेपाली, कार्यक्रम का विशेष अतिथि एम एनओ केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाका बजार व्यवस्थापक शिव बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

देबदह नगर सभाको दोस्रो अधिबेशन सम्पन्न

कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण लोक समुदायहरुमा प्रमुख अतिथी बुढा मगर ज्युले सम्बोधनको क्रममा "२१ औ शताब्दीको युग सम्म आइपुग्दा नेपालका मंगोलहरुको अस्तित्व छैन भन्दा खेरी संसारमा यति खल्लो लाग्छ कि संसार स्तब्ध हुने स्थिति छ, संसारमा मंगोल, आर्य, नेग्रो को सन्दर्भमा नेपालको बाहुन छेत्रीले आर्य भन्दै गर्दा तपाईं हामी मंगोलले मंगोलनै भन्न लेख्न पाएको अवस्था छैन । नेपालको संविधान २१ औं शताब्दीको संविधान हो । नेपालको संविधान लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तियता सहितको संविधान हो । लोकन्तन्त्र भनेकै जनताको शासन हुन्छ, त्यहा कुनै व्यक्तिको मनोमानी चल्दैन तर नेपालका हिन्दु आर्य ब्राहमण छेत्रीहरुले आफ्नो मनोमानी गरेको स्थिती छ। मंगोल नेशनल अर्गनाइजेशन भनेको मंगोलहरुको सुरक्षित घर हो । अरु विभिन्न पार्टीहरु भनेको दास कमारा बनाउने मात्र हो ।" भन्दै नवगठित पदाधिकारीहरुलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । अन्त्यमा सभाधक्ष्य नेपाली ज्युले नवगठित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदै देवदहलाई मंगोलमय बनाउन हामी पनि सहयोगीमा छौ भन्दै सभालाई विसर्जन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्