Baneera Mongol Meche | 9 फेब्रुअरी 2019
रुपन्देही /मंगोल नेशनल अर्गनाइजेशन देवदह नगरसभाको अायोजनामा देवदह नगर -६ मा एकदिने प्रशिक्षण साथै वडा सभा गठन भएको छ।
९ फेब्रुअरी शनिवारका दिन मंगोल नेशनल अर्गनाइजेशन देवदह नगर सभाका अध्यक्ष इन्द्र बहादुर नेपालीको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य शिव बहादुर गुरुङको प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । मंगोल नेशनल अर्गनाइजेशन ५ नं. प्रान्तीय सभाका सदस्यहरू खिल बा. गाहा, देब गुरुङ, रुपन्देही जिल्ला सदस्यहरु कुलविर घर्ती मगर , चन्द्र बहादुर गुरुङ, राजकुमार परियार, सलन चिदी मगर, मंगललाल गुरुङ, गम प्रसाद गुरुङ, लिल बहादुर गुरुङ, टार्जन गुरुङ, हुम बहादुर राना लगायतको अातिथ्यता रहेको थियो ।
कार्यक्रम कै अवसर पारी यमसरा जर्घाको अध्यक्षतामा ९ सदस्यीय देवदहनगर वडा नं.६ सभा गठन भएको छ । जसको सचिव ,कोषाध्यक्ष र सहसचिवमा क्रमशः विशाल बि.क, तुल्सी पुलामी र सुस्मिता सारु रहेका छन् भने सदस्यहरुमा सरस्वती बमरेल, तुलसा राना, ऐश्वधा श्रेष्ठ, बालिका श्रेष्ठ र स्मृति राना रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि शिवजित गुरुङले प्रशिक्षण प्रदान गर्नुभएकाे थियो र कार्यक्रमलाई सम्बाेधन गर्दै नवगठित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । उक्त कार्यक्रममा रुपन्देही जिल्ला सदस्यीय सलन चिदी मगरले स्वागत मन्तव्य राखेका थिए भने देवदह नगर सचिव बासुदेव नेपाली (डेवेन जोङ) ले कार्यक्रम सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology