बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दिग्भ्रमित समाचारप्रति एमएनओको घोर आपत्ति

Mongol Vision News | 28 मार्च 2019

दिग्भ्रमित समाचारप्रति एमएनओको घोर आपत्ति

काठमाडौं/ मंगोल नेशनल अर्गनाइजेशन लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकार र मानवअधिकारको लागि पन्चायतकालदेखी नै बोल्दै लड्दै र सन 1989, 1 जनवरी देखि सांगठनिक रुपमा बोल्दै लड्दै आएको हो ।

 

देशमा वर्णभेदी नीति र त्यसको अन्त्यको लागि सिद्धान्तमा अडिग बन्दै ८०% अहिन्दू मूलवासी मंगोलहरुको हक अधिकार र अस्तित्वको लागि एमएमओ आज पनि वैचारिक क्रान्तिमा निरन्तर रहेको बेला संगठनको नीति विधानलाई कुल्चेर अराजकता गतिविधिमा लिप्त केही झुण्डले संगठनको बदनाम गराएको र उक्त झुण्डलाई संगठनले पहिलेनै कार्वाही गरिसकेको र उक्त अराजक झुण्डले मंगोल नेशनल अर्गनाइजेशन र डा.गोपाल गुरुङको नाम बदनाम गराउन विभिन्न अराजक गतिविधी गरेको र उक्त गलत कुरा संगठनको नाम जोडेर हचुवाको भरमा देशको चौथो अंग मिडियाले दिग्भ्रमित समाचार सम्प्रेषण गरी गलत प्रचारप्रसार गरी मंगोल नेशनल अर्गनाइजेशन र डा.गोपाल गुरुङ प्रति अन्याय गरेकोले उक्त कुरालाई सच्याई सत्य तथ्य समाचार सम्प्रेषण गरी पत्रकारिताको धर्म चिनाउन यो कदम चाल्न बाध्य भएको प्रवक्ता धिमालले बताउनु भयो । साथै कोशी टप्पु जग्गा अतिक्रमण कार्य गर्ने त्यस्ता अराजक भूमाफिया कानुन हातमा लिनेहरुलाई कडाभन्दा कडा सजाय होस् भनी संगठनले माग गरेको छ भने त्यस्ता अराजक कार्यमा मंगोल नेशनल अर्गनाइजेशनको कुनै संलग्नता नरहेको पनि जानकारी गराउनु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्