शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दुई दिने आधाभूत ज्ञान तथा नेतृत्व विकास प्रशिक्षण सम्पन्न।

दिपक मंगाेल | 19 अक्टोबर 2019

दुई दिने आधाभूत ज्ञान तथा नेतृत्व विकास प्रशिक्षण सम्पन्न।

बेनी म्याग्दी
१९, अगष्ट २०१९ शनिबारको दिन मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको आयोजनामा संचालन भएको दुई दिने आधारभुत ज्ञान तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
बेनी स्थित होटेल मेरो नमस्तेमा सम्पन्न भएको उक्त कार्यक्रम १८ अगष्ट बाट सुरु भई आज १९ अगष्ट सम्म संचालन भएको थियो, कार्यक्रममा विशेष गरी एम.एन.ओ जिल्ला सभा म्याग्दी लगाएत म्याग्दीको विभिन्न स्थानिय स्तरहरु पालिका, वडा तथा टोल सभाका नेता कार्यकर्ताहरुलाई संगठनको आधारभुत ज्ञान तथा व्यक्तित्व तथा नेतृत्व विकासको लागि प्रशिक्षण गराईएको थियो।
प्रमुख प्रशिक्षक तथा प्रमुख अतिथि एम.एन.ओ. केन्द्रिय सभाका सदस्य तथा अनुशासन विभाग सदस्य लालबहादुर दर्लामीमगरले एम.एन.ओ. संगठन अमर युगपुरुष तथा फाउण्डर प्रेसिडेन्ट डा.गोपाल गुरुङ्गको मंगोलबाद दर्शनमा स्थापना भएको र मंगोलबाद दर्शन भित्र लोकतन्त्र, धर्मनिरपेक्षता, प्रान्तिय सरकार लगायत समावेशिता, समानता, भातृत्व, स्वतन्त्रता र मानव अधिकार समेत रहेको हुदाँ संगठनले सन् १ जनवरी १९८९ को स्थापनाकाल देखिनै उक्त कुराहरुको वकालत गर्दै आईरहेको बताउदै दिगो विकास, दिगो शान्ति र समृद्धिको लागि उल्लेखित कुराहरु लागु गरी देशमा कुनैपनि किसिमको विभेदलाई प्रसय वा निरन्तरता दिन नहुने तर्क राख्नु भयो साथै नेपालमा विद्यमान वर्ण विभेदलाई अन्त्य गरी संविधानमै मुलवासी मंगोलहरुको अस्तित्व कायम गर्न संगठनले सुसुप्त अवस्थामा रहेका मंगोलहरुलाई विउँझाउन समेत देशै भरी अभियान चलीरहेको बताउनु भयो। 
विशिष्ट अतिथि तथा गण्डकी प्रदेश सभा सदस्य नविन गुरुङले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई थप सक्रिय भई नयाँ जोस जांगरका साथ मुलवासी मंगोलहरुलाई विउझाँउने अभियानलाई तिब्रता दिन सुझाँउनु भएको थियो।
अतिथी मंगोल भिजन साम्ताहिक पत्रिकाका सह सम्पादक तथा ५ नं प्रदेश सभाका सदस्य सुदिप मंगोलले सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन बनाउन सहभागीहरुलाई सहजिकरण गर्नु भएको थियो
नयाँ किसिमको प्रशिक्षण तथा व्यक्तित्व तथा नेतृत्व विकास सम्वन्धी विशेष प्रशिक्षण भएकोले धेरै नयाँ कुराहरु सिक्ने अवसर पाएको सहभागीहरुको प्रतिकृया थियो। 
आयोजक सभाका अध्यक्ष तथा म्याग्दी जिल्ला सभाका अध्यक्ष चित्रबहादुर जुग्जालीले जुन उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो त्यसको सफलतापुर्वक समापन भएको र सहभागीहरुमा नयाँ उत्साह र जोश जांगर सहित मंगोल राष्ट्रबादको लागि सक्रिय भएर अगाडी बढ्न आग्रह गर्नु भयो साथै कार्यक्रम सफलता बनाउन सहयोग गर्ने सवैलाई विशेष धन्यबाद पनि ज्ञापन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्