आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दोलखा जिल्ला सभा कार्यलयको उदघाटन

mongolvision | 9 अक्टोबर 2021

दोलखा जिल्ला सभा कार्यलयको उदघाटन


दोलखा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दोलखाको कार्यलय सनिवार एक कार्यक्रमको बीच उदघाटन भएको छ ।
   सदरमुकाम चरिकोटमा संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यलय सचिब रिन्छेन तामाङले जिल्ला सभा कार्यलयको उदघाटन गर्नु भएको हो । जिल्ला सभा दोलखाका अध्यक्ष सरोजमान तामाङको अध्यक्षतामा सम्पन्न भएको जिल्ला सभा कार्यलय उदघाटन कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै कार्यक्रम का  प्रमुख अतिथि समेत रहनु भएका तामाङले एम एनओको कार्यक्रमहरु लाई ससक्त रुपमा अगाडि बढाउन कार्यकर्ताहरु लाई निर्देशन दिनु भएको छ । त्यस्तै उहाले दोलखा जिल्लामा संगठनका संस्थापक डा गोपाल गुरुङले दुई चोटि सम्बोधन गरेको स्मरण गर्दै भन्नू भयो - यो जिल्ला एतिहासिक जिल्ला हो , उहाले पाइला टेक्नु भएको जिल्ला हो , तपाईंहरुले अबको चुनावहरुमा जित्नु पर्छ र जित्नु हुने कुरामा संगठन बिस्वास्त छ ।
कार्यक्रममा बागमती प्रान्तीय सभाका कोषाध्यक्ष कुमार तामाङ ,प्रचार प्रसार सचिब शालिक थापा मगर , जिल्ला सचिब प्रनिसा थामी , सल्लाहकार बिश्व तामाङ , स्थानिय निको शेर्पा लगायतले पनि मन्तव्य राख्नु भएको थियो । जिल्ला सभा उदघाटन कार्यक्रममा जिल्ला सभाका पदाधिकारीहरु , विभिन्न गाउँ नगर सभाका नेता कार्यकर्ता एबम मंगोल सुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । यसै बीच बाग्मती प्रान्तीय सभाका कोषाध्यक्ष कुमार तामाङले जिल्ला सभा दोलखा लाई ६ हजार ८ सय २० रुपियाँ मुल्य बराबरको ११ थान कुर्सी प्रदान गर्नु भएको छ । जिल्ला सभाका कोषाध्यक्ष गणेश कुमार तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम रोहित थामिले संचालन गरेका थिए ।

दोलखा जिल्ला सभा कार्यलयको उदघाटन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्