mongolvision | 30 जनवरी 2022
दाङ / दाङको गदवा गाउँ पालिकाको चिमचिमे गाउमा मंगोल नेशनल अर्गनाइजेशनले शनिबार माघ १५गते एक दिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गदवा गाउँ सभाको आयोजनामा वाड न २ को चिमचिसे गाउँमा भएको कार्यक्रममा दाङ जिल्ला सभाका कोषाध्यक्ष मन बहादुर पुन मगरको प्रमुख आतिथ्य रहेको थियो भने जिल्ला सभाका सह सचिब जितेन पुन ले प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले एम एनओले लेडेको लडाइ बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा प्रमुख अतिथी र जिल्ला सदस्य खुम बहादुर गहा मगरले मन्तव्य राख्नु भयो ।
चिमचिमे टोलका मुलबासी जनसमुदायहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा गाउँ सभाका कोषाध्यक्ष मीन बहादुर थेडी मगर स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव दाेर बहादुर मगर ले कार्यक्रम संचालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology