आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङ को घोराहीमा मानव अस्तित्व सम्बन्धि प्रशिक्षण

mongolvision | 17 अक्टोबर 2021

दाङ को घोराहीमा मानव अस्तित्व सम्बन्धि प्रशिक्षण


दाङ / दाङको सदरमुकाम घोराहीमा मंगोल नेशनल अर्गनाइजेशनले एक दिने मानव अस्तित्व सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
   १६ अक्टोबर सनिवार का दिनघोराही उप महानगर पालिका ७ सौडियार टोलमा लुम्बिनी प्रान्तीय सभाका सदस्य घनश्याम चौधरीको प्रमुख आतिथ्यता सम्पन्न भएको प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथि चौधरीले  मुलबासी मंगोल र मानब अस्तित्व बारेमा सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले मंगोल दर्शन , एम एनओको सिद्धान्त बारेमा प्रष्ट पार्नु भयो साथै उहाले मुलबासी मंगोलहरु अब एम एनओमा लाग्नुको विकल्प नभएकोले यसैमा लाग्नु पर्नेमा जोड दिनु भयो ।
उप महानगर सभाका अध्यक्ष पुर्ण बहादुर घर्तीको अध्यक्षताम्स भएको प्रशिक्षण कार्यक्रममा जिल्ला सभा दाङका सचिव पृन्स घर्ती , सदस्यहरु सुशील चौधरी ,प्रकाश चौधरी ,कल्पना  चौधरी जिउधन चौधरी ,बिष्णु चौधरी , सल्लाहकार बसन्त कुमार बुढाथोकी मगर लगायत स्थानिय थारु समुदायको उल्लेखनीय उपस्तिथि रहेको थियो ।  उपमहानगर सभा का कोषाअध्यक्ष उब्जलाल घर्ती मगरले स्वागत मन्तब्य राख्नु भएको प्रशिक्षण कार्यक्रम लाई नगर सभाका सह सचीव माधव घर्तीले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्