शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

३ दिने पत्रकारिता तालिम सम्पन्न

mongolvisionnews | 4 अप्रिल 2022

३ दिने पत्रकारिता तालिम सम्पन्न

काठमाण्डु / मंगोल  नेशनल अर्गनाइजेशन बागमती  प्रान्तीय सभाको आयोजनमा संचालित 3 दिने पत्रकारीता तालिम काठमाण्डुको गंगबु स्थित छिमेकी गेस्ट हाउसको सभाहालमा  सम्पन्न भएको छ। ०१ अप्रिल २०२२ देखि ०३ अप्रिल २०२२ सम्म सन्चालन भएको प्रशिक्षणमा प्रदेश सभा भित्रका विभिन्न जिल्ला बाट २९ प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।संसारको इतिहासमा आमसंचार  माध्यमले खेलेको भूमिका तथा नेपालको वस्तुगत अवस्थालाइ नजिक बाट चिहाएर ऐतिहासिक लक्ष्य निर्धारणको लागि पत्रकारिता मार्फत आम जनतालाइ सुसुचित र चेतनशील बनाउने उदेश्यले  प्रशिक्षण राखिएको थियो। बागमती  प्रान्तीय सभाको सचिब  कुमार तामाङको सभाध्यक्षता तथा मंगोल नेसनल अर्गनाइजेसन केन्द्रिय सर्बोच्च सभाका सदस्य रिञ्छेन तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको पहिलो दिन उद्घाटन भएको थियो भने प्रशिक्षणको समापन समारोह नेता तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि रिञ्छेन तामाङले प्रशिक्षार्थीहरुलाई सुभकामना दिनुहुदै आसन्न बैसाख ३० को स्ठानीय चुनाबमा  मंगोल नेसनल अर्गनाइजेसनको तर्फबाट उम्मेदवारी दिने उम्मेदवारलाइ जिताउन  पत्रकारले  स्थलगत रूपमा पुगेर पत्रकारितालाई हतियारको  रुपमा प्रयोग गर्नुभयो। यसैगरी कार्यक्रमका प्रशिक्षक बागमती  प्रान्तीय सभाको अध्यक्ष  राजेन्द्र  तामाङले  प्रशिक्षार्थीहरुलाई उज्वल भविष्यका साथ मूलबासी मंगोलहरुको यात्रामा संगै रहन आव्हान सहित सुभकामना दिनुभयो। समापन समारोमा बोल्दै 
बिशेष अतिथि  जोनी मंगोल बिक,अतिथि धनमाया तामाङले  लगायतका अतिथिहरुले प्रशिक्षार्थीहरुलाई सुभकामना दिनुभयो। सौहार्दपुर्ण वातावरण मा सम्पन्न कार्यक्रम  बागमती प्रान्तीय सभा  कोषाध्यक्ष शालिक थापा मगरले संचालन गर्नुभएको थियो। 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्