बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दिनेश थापा मगरको अध्यक्षतामा एमएनओ गोरखा नगर सभा गठन

Mahendra Mongol | 21 सेप्टेम्बर 2019

दिनेश थापा मगरको अध्यक्षतामा एमएनओ गोरखा नगर सभा गठन

आज मिति २०७६ असोज ४ गते तदानुसार 21 September 2019 मा गोरखा नगरपालिका हराम्टारि चोक स्थित मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाको अयोजनामा गोरखा नगर सभा गठन तथा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एमएनओ गोरखा जिल्ला सभाका अध्यक्ष गङ्गा बहादुर राना मगरको सभाध्यक्षता र एमएनओ केन्द्रीय सभाका सदस्य तथा केन्द्रीय आर्थिक विभागका सदस्य सोम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको छ । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा केन्द्रीय सदस्य प्रबिना थापा मगर हुनुहुन्थ्यो ।अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका पुर्व सचिव देव थापा मगर (महेन्द्र मंगोल), पुर्व सदस्यहरु भक्त बहादुर तमु, मंगल सिंह गुरुङ, मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सचीव शुष्मा आले मगर, कार्यवाहक कोषाध्यक्ष ज्ञानिमाया थापा मगर, सदस्य पुर्णिामा थापा मगर, एमएनओ पालुङटार नगर सभाका अध्यक्ष रिन्छेन तामाङ, आबुखैरेनी गाउँ सभाका वरिष्ठ सल्लाहकार यम बहादुर गुरुङ त्यस्तै एमएनओ सहिद लखन गाउँ सभाका सल्लाहकार रुद्र थापा मगर , बारपाक सुलिकोट गाउँपालिका ३ का अध्यक्ष तुल बहादुर तामाङ, एमएनओ टुकराङ टोल सभाका अध्यक्ष श्याम तामाङ रहनु भएको थियो ।

दिनेश थापा मगरको अध्यक्षतामा एमएनओ गोरखा नगर सभा गठन

कार्यक्रममा विशिष्ट अतिथि तथा सम्पुर्ण अतिथीज्युहरुले आ-आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो । मन्तव्यकै क्रममा विशिष्ट अतिथि थापाले हिरालाइ कोइलाको थुप्रोमा राखे पनि हिरा नै भएर निस्केजस्तै हिन्दु आर्यन बाहुन क्षेत्रीहरुले साढे पाँच सय वर्षदेखि मंगोल अस्तित्वको कुरालाइ लुकाएर शोषण गर्दै आएपनी आखिर मंगोलको आवाज बुलन्द हुनेगरी आवज उठाउन मंगोल नेशनल अर्गनाइजेसन स्थापना भएको र सम्पुर्ण अहिन्दु मूलवासि मंगोलले एमएनओमा आबद्ध हुनुपर्ने कुरामा जोड दिइ उक्त कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियोे । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि गुरुङले उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई प्रशिक्षण प्रदान गर्नुहुदै मानव अस्तित्व, लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारको महत्वको बारेमा बताउदै मुलवासी मंगोललाइ शासक र मालिक बनाउने एकमात्र सङ्गठन मंगोल नेशनल अर्गनाइजेसन रहेको बताउनु हुँदै, अब सम्पुर्ण अहिन्दु मुलवासी मंगोलले केही वर्ष मंगोल नेशनल अर्गनाइजेशनको निमित्त त्याग, तपस्या र बलिदान गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो । प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सभा गोरखाका सचीव कृष्ण कुमारी घले श्रेष्ठले गर्नु भएको थियो भने सन्चालन एमएनओ गण्डकी प्रदेश सभाका प्रचारप्रसार सचीव अनिता थापा मगरले गर्नु भएको थियो । साथै सोहि कार्यक्रमको सुअवसरमा दिनेश थापा मगरको अध्यक्षतामा ११ सदस्यीय मंगोल नेशनल अर्गनाइजेसन गोरखा नगरपालिका सभा गठन भएको छ। उक्त नगर सभाको सचीवमा प्रकाश थापा मगर, कोषाध्यक्षमा सजिना लामा, सहसचीवमा सुजित थापा मगर र सदस्यहरूमा अमिक दर्लामी, विशाल गुरुङ, अनिल गुरुङ, विजय थापा मगर, सुमित गुरुङ , शिला गुरुङ र सन्जिता तामाङ चयन भएका छन् । नवगठित गोरखा नगर सभाका पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथी सोम बहादुरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्