शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङको गढवा गाउँ पालिकामा एम एनओ

mongolvision | 21 नोभेम्बर 2021

दाङको गढवा गाउँ पालिकामा एम एनओ


दाङ / मंगोल नेशनल अर्गनाइजेशन दाङ जिल्ला सभाको आयोजनामा  गढवा गाउ पालिकामा एक दिने मानव अवस्थित  बिषयक प्रशिक्षण कार्यक्रम साथै तदर्थ गाउँ सभा गठन कार्यक्रम सम्पन्न भएको छ ।
  मंसिर ४ गते सनिवार गढवा गाउँ पालिका वाड  नं.१ कालाकाते मा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  जिल्ला सभा दाङ का अध्यक्ष पृतम चौधरीको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य तथा सर्बोच्च सभा सदस्य केशु रास्कोटी मगरको प्रमुख आतिथ्य र लुम्बिनी प्रान्तीय सभाका अध्यक्ष दिपक थापा मगरको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथि र बिशिस्ट अतिथिले संयुक्त रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाहरुले मानव अवस्थित्व , एम एनओको उदेश्य बारेमा प्रष्ट पार्नु भयो ।
कार्यक्रममा प्रबास सभा यु केका पुर्ब अध्यक्ष शोभाराम बुढा  मगर , दाङ जिल्ला सदस्य हरु सुशील चौधरी ,राज बहादुर घर्ती ,लेख बहादुर कुमाल ,चन्द्र  बहादुर गुरुङ ,निम बहादुर पुन , खुबिराम थापा , जिल्ला सभा सल्लाहकार अमर बहादुर बुढा , प्रेम बहादुर बुढा , तुल्सिपुर उप मह नगर सभा अध्यक्ष देब बहादुर रोक्का , घोराही उप महा नगर सभा अध्यक्ष पुर्ण बहादुर घर्ती लगायतले  आ आफनो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला सभा कोषाध्यक्ष मन बहादुर पुन , सह सचिब जितन पुन लगायत स्थानिय मुलबासी मंगोल जन समुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।  जिल्ला  सदस्य खुम ब.गाहा मगर को स्वागत मन्तब्य  राख्नु भएको कार्यक्रम सचिब पृन्स घर्ती मगरले संचालन गरेका थिए । यसै बीच कार्यक्रमकै अवसर पारेर राम बहादुर घर्ती मगरको अध्यक्षतामा १३ सदस्य तदर्थ गढुवा गाउँ सभा समेत निर्माण गरिएको छ । 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्