सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङको घोराहीमा युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

विश्व ज्योति थापा मगर | 27 जूलाई 2020

दाङको घोराहीमा युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

दाङ/ मंगोल नेशनल अर्गनाईजेशनका फाउन्डर प्रेसिडेन्ट युग पुरूष अमर ड.गोपाल गुरुङ ज्युको आज ८५औँ जन्मोत्सवको अवसरमा जिल्ला सभा दाङले भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष अमर बुढा मगरले गर्नुभएको थियो । त्यस्तै केन्द्रीय सभाबाट पाल्नु भएका केन्द्रीय मूलसचिव थम्मन बहादुर बुढा मगर प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा एमएनओ प्रदेश नं. ५ का अध्यक्ष दिपक थापा मगर रहनुभएको थियो । त्यसैगरी अन्य अतिथिहरुमा प्रदेश नं. ५ का सचिव जनप्रसाद मिदुन मगर, प्रदेश नं. ५ क सल्लाहकार वेद बहादुर थापा मगर, प्रवास सभा यु.केका संयोजक खड्क बहादुर बुढा मगर र पहलमान आले मगर रहनुभएको थियो । दाङ जिल्ला सभा सदस्य मन बहादुर पुन मगरको स्वागत मन्तव्यसंगै शुरूवात भएको कार्यक्रममा भावी सन्ततिलाई मालिक बनाउनुपर्ने कुरालाई महत्व दिदै अतिथि खड्क बहादुर बुढा मगरले आफ्ना भनाई राख्नुभएको थियो । त्यसैगरी विशिष्ट अतिथि दिपक थापा मगरले ड.गोपाल गुरुङ ज्युको जन्मोत्सवको शुभकामना व्यक्त गर्दै सङ्गठनको उन्नतीको लागि आफू सधैं तत्पर रहेको कुरा बताउनुभयो । ड.गोपाल गुरुङ ज्युले गर्नुभएको त्याग, तपस्या र योगदान उहाँको जन्मले राखेको महत्वको विषयमा बोल्दै प्रमुख अतिथि मूलसचिव थम्मन बुढा मगरले आफ्नो मन्तव्य राख्नुभयो । मन्तव्यकै क्रममा उहाँले एमएनओका संस्थापक प्रेसिडेन्ट ड.गोपाल गुरुङ ज्युको अधुरो रहेको मंगोल मुक्तिको सपना सम्पन्न गर्न हामी विभिन्न पदमा रहेका पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । मन्तव्यको बीच उहाँले भन्नू भयो " विभेद निम्त्याउन सक्ने रणनीतिबाट आफू पनि बचौँ र अरूलाई पनि बचाउँ ।" त्यस्तै यदि ड.गोपाल गुरुङ ज्युले लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्यीयतालाई अंगालेर नहिडनु भएको भए नेपाल र नेपालमा रहेका हामी अहिन्दु मुलवासी मंगोलहरूको अवस्था अत्यन्त नाजुक र शरणार्थीको अवस्था हुने अथवा कल्पना गर्नै नसक्ने कुरा उहाँले बताउनु भएको थियो । कार्यक्रममा जिल्ला सभाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । आफ्नो ज्यानलाई धरापमा राखेर मंगोल मुक्तिको निमित्त निरन्तर लड्नु भएका निडर, निर्भीक युगान्तकारी युग पुरूष अमर ड.गोपाल गुरुङज्यु प्रति उच्च सम्मान प्रकट गर्दै सभाध्यक्ष अमर बुढा मगरले उक्त कार्यक्रमलाई समापन गर्नुभएको थियो । उक्त कार्यक्रमका जिल्ला सहसचिव प्रिन्स घर्ती मगरले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्