बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङको तुल्सीपुरमा मंगोल प्रशिक्षण

mongolvision | 30 मार्च 2022

दाङको तुल्सीपुरमा मंगोल प्रशिक्षण


दाङ /  मंगाेल नेशनल अर्गनाइजेशन दाङ तुल्सीपुर नगर सभाकाे आयोजनामा  तुल्सिपुर- ५  स्थित बुद्ध गुम्बामा एकदिने मंगोलवाद स्म्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रम  देब बहादुर मगरकाे सभाध्यक्षतामा एवं संगठनका मुलसचिब थम्मन बहादुर मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सभाका सदस्य घनश्याम चाैधरी रहनुभएको थियो भने अतिथिहरुमा जिल्ला सभा दाङका प्रितम चाैधरी, सचिव प्रिन्स  मगर, काेषाध्क्ष मन बहादुर पुन, सहसचिव जितन पुन मगर, सदस्यहरु सुशील चाैधरी, प्रकाश चाैधरी, डम बहादुर छन्त्याल, राज बहादुर मगर, धरम घर्ती मगर, लेख बहादुर कुमाल, रेशम चाैधरी, बिष्णु चाैधरी, भिम बहादुर नेपाली, सुर्य प्रशाद मगर, जिउधन चाैधरी, भिम प्रकाश झाँक्री, कुमार घर्ती,  निर्मल मगर, हुन बहादुर मगर, सल्लाहकार खड्क बहादुर मगर, कान्ता बहादुर मगर, घाेराही नगर सभाका अध्यक्ष पुर्ण बहादुर घर्ती मगर रहनुभएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि थम्मन बहादुर मगरले स्थानीय लाेक समुदायहरुलाई मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले मानव उत्पत्ति, अस्तित्व र पहिचान बिचको फरक, एम. एन. ओ को राजनैतिक उद्देश्य र अवधारणाको बारेमा प्रष्ट्याउँदै आगामी निर्वाचनमा भाले चिन्हमा मतदान गर्न आव्हान गर्नुभयो ।  तुल्सीपुर नगर सदस्य दाम बहादुर मगरले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम नगर सभा काेषाध्यक्ष रेशम बहादुर छन्त्यालले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्