बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङको दंगीशरण गाउँसभामा एम एनओ

mongolvision | 5 फेब्रुअरी 2022

दाङको दंगीशरण गाउँसभामा एम एनओ


दाङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभाको दाङको आयोजनामा दंगीशरण गाउँपालिका-५ स्थित खल्वाचीसमा सम्पन्न एक प्रशिक्षण कार्यक्रम बीच एम. एन. ओ. दंगीशरण गाउँसभा गठन भएको छ ।
उक्त कार्यक्रम जिल्ला सभा दाङका अध्यक्ष  अध्यक्ष प्रितम चौधरीको सभाध्यक्षतामा एवं एम. एन. ओ. लुम्बिनी प्रान्तीय सभा सदस्य घनश्याम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा घोराही नगरसभाका अध्यक्ष पूर्ण बहादुर मगर, जिल्ला सभा रोल्पाका सदस्य प्रत्बीर सुनार, जिल्ला सभा दाङका सल्लाहकार खड्ग बहादुर मगर, सदस्य राज बहादुर मगर र सहसचिव जितन मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई प्रमुख अतिथि चौधरीले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले मंगोल नेशनल अर्गनाइजेशको राजनैतिक अवधारणा, उद्देश्य  र एजेन्डाको बारेमा प्रष्टयाउँदै आगमेव निर्वाचनमा कुखुराको भालेमा मतदान गर्न आव्हान गर्नुभयो ।
                उक्त प्रशिक्षण कार्यक्रमको बिच वीर बहादुर चौधरीको अध्यक्षतामा ११ सदस्यीय दंगीशरण गाउँसभा गठन भएको हो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपाथितिमा सम्पन्न उक्त उक्त कार्यक्रममा जिल्ला सदाय सुशील चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव प्रिन्स मगरले सञ्चालन गरेका थिए।

दाङको दंगीशरण गाउँसभामा एम एनओ

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्