शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङको दुधेनामा एमएनओको ३२औं स्थापना दिवस सम्पन्न

Mongol Vision | 2 जनवरी 2021

दाङको दुधेनामा एमएनओको ३२औं स्थापना दिवस सम्पन्न

 दाङ/ मंगोल नेशनल अर्गनाइजेशन दाङ जिल्ला सभाको आयोजनामा दाङ, तुलसीपुर उप महानगरपालिका वडा न. ८ दुधेनामा ३२औँ स्थापना दिवस तथा खुला सभा सम्पन्न भएको छ। जिल्ला सभाका अध्यक्ष अमर बुढा मगरको अध्यक्षता र केन्द्रीय सदस्य लाल बहादुर दर्लामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि दर्लामिले संगठनको पाँच क्रान्ती दीप प्रज्वलन गरि युग पुरुष अमर ड.गोपाल गुरुङ साथै सिदाहा बुद्धको फोटोमा माला अर्पण गरि कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि एम. एन. ओ. केन्द्रीय सदस्य राज बहादुर छन्त्याल रहनुभएको थियो ।
सम्पूर्ण उपस्थितिमा स्वागत गर्दै जिल्ला सभा दाङका सदस्य कृष्णा चौधरी र रमिता चौधरीले स्वागत गीत र मन्तव्य राख्नुभएको थियो । संगठनको ३२औँ स्थापना दिवसको अवसरमा नेपाली काँग्रेस ट्रेड युनियनको केन्द्रीय सभा सदस्यबाट राजीनामा दिएर एम.एन.ओ. प्रवेश गरेकी कल्पना चौधरीले लोटा, जनाई र धोतीमा नेपाल भित्रिएका आर्य बाहुन क्षेत्रीले हामी मूलबासी मंगोललाई अंग भंग पारेको कुरा प्रष्ट पार्दै आफू समयमै आफ्नो मूल घर एम.एन.ओ. चिनेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
हाम्रो अस्मिता लुटेर बाहुन क्षेत्रीले मूलवासी मंगोल माथी राज गरिरहेको कुरा प्रष्ट पार्दै आउँदो चुनावमा भालेमा भोट दिइ आफ्नो अस्तित्वको लडाइँ तर्फ अघि बढ्नुपर्छ भन्दै जिल्ला सदस्य र प्रदेश सदस्यले आ-आफ्ना भनाइ राख्नुभएको थियो । विशिष्ट अतिथि राज बहादुर छन्त्यालले विगतको दिन देखि आजको दिनमा मंगोलप्रेमी मित्रहरूको उपस्थित वृद्धि भएको देख्न पाउदा अत्यन्त खुशी लागेको बताउनुभयो।
काठमाडौंको भद्रगोल जेल भित्रको चिसो भुइँबाट एम.एन.ओ. स्थापना गर्नुभएका दुरदर्शी निर्भीक नेता युग पुरुष अमर ड.गोपाल गुरुङ प्रति श्रद्धा सुमन प्रकट गर्दै प्रमुख अतिथिले बाहुन क्षेत्रीले देशलाई निश्चित गन्तव्यमा पुर्‍याउन नसक्ने बताउनु हुँदै, देशलाई उनीहरूले दुर्घटनातर्फ उन्मुख गराएको बताउनु भयो । हामी चनाखो र सचेत भएर गाउँ - गाउँ जगाउनुपर्ने र खोसिएको अस्तित्व र देश फिर्ता लिनुपर्ने कुरा राख्दै र मंगोल यात्राको कामना गर्दै प्रमुख अतिथि दर्लामीले आफ्नो मन्तव्य अन्त्य गर्नु भएको थियो भने कार्यक्रमका अध्यक्ष अमर बुढा मगरले फाउन्डर प्रेसिडेन्ट युग पुरुष अमर ड. गोपाल गुरुङ प्रति सम्मान व्यक्त गर्दै हामी मूलबासी मंगोल बनौँ र जुरमुराएर उठौँ भन्ने कुरालाई विशेष ध्यानाकर्षण गराउनुहुँदै कार्यक्रमको समापन गर्नुभयो । उक्त कार्यक्रम सन्चालन जिल्ला सचिव प्रितम चौधरीले गर्नुभएको थियो भने कार्यक्रममा विभिन्न नृत्य र सङ्गीतको पनि प्रस्तुति रहेको थियो ।

दाङको दुधेनामा एमएनओको ३२औं स्थापना दिवस सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्