शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङको देउखुरीमा मंगोल प्रशिक्षण सम्पन्न

mongol vision | 8 मार्च 2021

दाङको देउखुरीमा मंगोल प्रशिक्षण सम्पन्न

दाङ/ मंगाेल नेशनल अर्गनाइजेशन तेस्रो दाङ जिल्ला अधिवेशन मुल आयोजक सभाको आयोजनामा लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा एक दिने मंगोलवाद बिषयमा प्रशिक्षण सम्पन्न भएको छ । आइतबार २३ गते तेस्रो जिल्ला अधिबेशन मुल आयोजक सभा संयोजक अम्मर बहादुर बुढाकाे अध्यक्षयता र संगठनका केन्द्रीय मुल सचिब थम्मन बुढा मगरको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी मगरले मंगोलवाद , मुलबासीहरुको अवस्था र अधिकार बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य घनश्याम चौधरीले पनि मन्तव्य राख्नुहुँदै मुलबासी मंगोलहरु किन यो अवस्थामा आइपुगेको बारेमा बताउनु भयो । प्रशिक्षण कार्यक्रममा देउखुरी र गदुवा गाउँ पालिका छेत्रका मंगोल जन्समुदायहरुको उल्लेखनीय सहभागीता रहेको थियो भने जिल्ला सल्लाहकारहरु बेद बहादुर थापा मगर, धनिसरा राेका मगर, कान्ता बहादुर घर्ती, शेर बहादुर घर्ती, कोषाध्यक्ष अध्यक्ष नरेन्द्र राेका मगर, प्रचार प्रसार सचिब मन बहादुर पुन, जितन पुन, पहलमान अाले मगर लगायतको पनि उपस्थिति रहेको थियो । जिल्ला सभा सह-सहसचिव प्रिन्स घर्ती मगरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिव प्रितम चाैधरीले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्