शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङमा एकदिने मंगोल प्रशिक्षण सम्पन्न

Mongol Vision News | 18 जनवरी 2020

दाङमा एकदिने मंगोल प्रशिक्षण सम्पन्न

दाङ / मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा दाङको आयोजनामा एकदिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लासभा दाङको अध्यक्ष अहिन्दु मुलवासी मंगोल अमर बुढामगरको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षक मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका मुल सचिव थमन बहादुर बुढामगर रहनुभएको थियो । प्रमुख अतिथि तथा प्रशिक्षक बुढामगरले उपस्थित मंगोलप्रेमी कार्यकर्ता तथा शुभचिन्तक महानुभावहरुलाई भन्नुभयो " हामी अहिन्दु मुलवासी मंगोलसमुदायलाई दर्जनौं घृणित उपनामहरु दिइ टुक्राटुक्रा बनाउदै 'फुटाउ अनि राज गर' भन्ने फोहोरी राजनीति हिन्दुआर्य बाहुनक्षेत्रीहरुले गरिरहेको छ । अत ; हामी हिमाल पहाड तराईका अहिन्दु मुलवासी मंगोलसमुदायहरु अनेकताबाट एकतामा आउन , हिन्दुआर्यको दासताबाट मुक्तभइ समानता स्वतन्त्रता र भातृत्वको जीवन जिउन अहिन्दु मुलवासी मंगोलहरुको साझा घर मंगोल नेशनल अर्गनाइजेसनमा आवद्ध हुन ढिलाइ गर्नुहुँदैन - हाम्रो पुर्खाले दयालु बनेर एउटा भुल गरे अब फेरि हामिले शंकालु बनेर होइन एकाअर्कामा मंगोलमायाले हर तवरबाट मंगोलहरुको पवित्र ,स्वच्छ निष्पक्ष मानवअधिकारवादी संगठन एमएनओलाई सहयोग गर्नुपर्छ " स्थानीय मंगोल समर्थहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा विशिस्ट अतिथी मंगोल नेशनल अर्गनाइजेसन केन्द्रियसभा सदस्य लालमान घर्तिमगर , प्रदेशसभाबाट दिपा चौधरी ,घनश्याम चौधरी बेद बहादुर थापामगरको पनि उपस्थिति रहेकोे थियो । तीन घण्टा लामो चलेको उक्त मुलवासी मंगोल विषयक राजनीति प्रशिक्षण कार्यक्रममा शुभकामना मन्त्यब्य जिल्लासभा दाङका सचीव प्रीतम चौधरीले राखेका थिए भने कार्यक्रम संचालन जिल्लासभा सदस्य ज्योति थापामगरले गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्