आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङमा कथित दसै बहिस्कार कार्यक्रम भब्य रुपमा सम्पन्न

mongolvision | 15 अक्टोबर 2021

दाङमा कथित दसै बहिस्कार कार्यक्रम भब्य रुपमा सम्पन्न


दाङ /  मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा दाङले दाङको सदरमुकाम घोराही र तुलसीपुर उप महानगर पालिकामा तथाकथित दशै बहिष्कार कार्यक्रम भब्य रुपमा  सम्पन्न गरेको छ।
जिल्ला सभाका  सचिब प्रीन्स घर्ति मगर को सभाअध्यक्षतामा र  लुम्बिनी प्रान्तिय सभा का सल्लाहकार बेद ब.थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा दशै मंगोल हरुले किन बहिष्कार गर्नुपर्छ  भन्ने विषयमा  घोराही उपमहानगर सभा का अध्यक्ष पुर्ण ब.घर्ती मगर, जिल्ला सभा दाङ सदस्य  कल्पना चौधरी,अमर बुढा मगर र प्रमुख अथिती बेद ब.थापा मगरले प्रष्ट पार्नु भएको थियो । कथित दसै बहिष्कार कार्यक्रम मा जिल्ला सभा दाङ मन ब.पुन मगर(कोषाअध्यक्ष),पहलमान आले मगर,ज्योति रोका मगर,जिउधन चौधरी,मोहन घर्ती मगर,सुर्यप्रसाद पुन मगर,प्रेम रोका मगर,टेक ब.बुढा मगर,सल्लाहकारहरु धनसरी रोका मगर,वसन्त कुमार बुढाथोकी मगर,शेर ब.घर्ती मगर,कान्ता ब.घर्ती मगर लगायत घोराही उपमहानगर सभा का पढाधिकारी ज्यु हरुको पनि बाख्लो उपस्थिती थियो।कार्यक्रममा प्रमुख अतिथिले सबैलाई कालो टीका लगाइ दिनु भएको थियो ।  कार्यक्रम जिल्ला सभा दाङ का सहसचिब जितन पुन मगर ले संचालन गरेका थिए  ।
त्यस्तै तुलसीपुर उपमहनगर पालिका वडा नं.५ नम छु बुद्ध बिहार मा कथित दसै बहिष्कार कार्यक्रम सम्पन्न भएको छ ।   तुलसीपुर उपमहानगर सभा को आयोजनामा भएको कार्यक्रमको सभाअध्यक्ष देब ब.रोका मगर हुनुहुन्थ्यो भने प्रमुख अथिती लुम्बिनी प्रान्तिय सभा सदस्य दिपा चौधरीर  विशिष्ट अथिती लुम्बिनी प्रान्तिय सभा का सदस्य घनस्याम चौधरी रहनु भएको थियो ।अथिती हरु जिल्ला सभा दाङ बाट अध्यक्ष प्रीतम चौधरी,राज ब.घर्ती मगर,डम ब.छन्त्याल,सुशील चौधरी,प्रकाश चौधरी,धरम घर्ती मगर हुनुहुन्थ्यो ।   घोराही उपमहानगर सभा का कोषाअध्यक्ष खिम ब.छन्त्याल ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम जन बा पुनले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्