आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङमा मंगोलको कार्यक्रम तिब्र बन्दै

mongolvision | 27 सेप्टेम्बर 2021

दाङमा मंगोलको कार्यक्रम तिब्र बन्दै

दाङमा मंगोलको कार्यक्रम तिब्र बन्दै

दाङ / मंगोल नेशनल अर्गनाइजेशन  दाङ जिल्ला सभाले जिल्लामा संगठनको कार्यक्रम लाई तीब्र बनाउदै सकृय रूपमा अगाडि बढाइ रहेको छ । जिल्ला सभाका प्रचार प्रसार सचिब मन बहादुर पुन मगरले दिनु भएको जानकारी अनुसार जिल्लाको विभिन्न स्थानहरुमा अहिले संगठन बिस्तार एबम प्रशिक्षण कार्यक्रमहरु संचालन भइ रहेको छ ।
२५ सेक्टेम्बर शनिबार जिल्ला सभाको पहल र   तुलसीपुर उपमहानगर सभाको आयोजनामा वडा न ८ मा एक दिने मंगोल प्रशिक्षण साथै तदर्थ वाड सभा गठन कार्यक्रम सम्पन्न भएको छ । वाड न ८ को  टिकरीमा संगठनका केन्द्रीय सदस्य केशु राजकोटी मगरको प्रमुख आथिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो  । कार्यक्रम लाई प्रमुख अतिथि मगरले प्रशिक्षण  प्रदान गर्नु भएको थियो ।कार्यक्रममा लुम्बिनी प्रदेश सभा अध्यक्ष दिपक थामा र सदस्य  घनश्याम चौधरीले पनि आ आफ्नो मन्तव्य मार्फत एम एनओको बारेमा बताउनु भएको थियो । सो कार्यक्रम मा प्रान्तिय सभा सदस्यहरु सुदिप थापा मगर , जिल्ला सभा दाङ का अध्यक्ष प्रीतम चौधरी सचिव प्रीन्स घर्ति मगर ,जितन पुन मगर  , मन ब. पुन मगर ,बसन्त कुमार बुढाथोकी मगर , गणेश चौधरी,रमिता चौधरी,धरम चौधरी,सुशील चौधरी,राज ब.घर्ती मगर,धरम घर्ती मगर,डम ब.छन्त्याल.प्रकाश चौधरी,लेख ब.कुमाल,भिम ब.नेपाली उपस्थित लगायतको उपस्थित रहेको थियो ।    कार्यक्रमले  शालिकराम चौधरी को अध्यक्षता मा १३ सदस्यीय  तदर्थ  वाड सभा समेत निर्माण गरेको छ ।
त्यस्तै २६ सेप्टेम्बर आइतबार   मंगोल नेशनल अर्गनाईजेशन घोराही उपमहानगर सभा को आयोजनामा घोराही उपमहानगर पालिका वडा नं.११ माजकोटी मा एकदिने मुलबासी मंगोल र मानब अस्तित्व सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य केशु राजकोटि मगर हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य दिपक थापा रहनु भएको थियो । कार्यक्रम लाई प्रमुख अतिथि र विशेष अतिथिदयले संयुक्त रुपमा सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रममा    जिल्ला सभा दाङ अध्यक्ष प्रीतम चौधरी,सचिब प्रीन्स घर्ति मगर  ,सहसचिब जितन पुन मगर,कोषाअध्यक्ष मन ब. पुन मगर,सुर्यप्रसाद पुन मगर,लेख ब. कुमाल,भिम ब.नेपाली लगायत उपस्थित रहेको थियो  घोराही उप महा नगर सभाका अध्यक्ष पुर्ण बा घर्ती को अध्यक्षतामा  सम्पन्न भएको कार्यक्रमले यज्ञ राज पुनको अध्यक्षतामा १२ सदस्य तदर्थ वाड सभा निर्माण गरेको छ । कार्यक्रम उप महानगर सभा सचिब अंगिता चौधरीले संचालन गरेकी थिइन ।

दाङमा मंगोलको कार्यक्रम तिब्र बन्दै

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्