बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङमा संस्थापक प्रेसिडेण्ट ड. गोपाल गुरुङको चौथो स्मृति सभा सम्पन्न ।

विश्व ज्योति थापा मगर | 10 जून 2020

दाङमा संस्थापक प्रेसिडेण्ट ड. गोपाल गुरुङको चौथो स्मृति सभा सम्पन्न ।

मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा दाङको आयोजनमा एम.एन.ओ.का संस्थापक प्रेसिडेण्ट युग पुरुष अमर ड.गोपाल गुरुङ ज्यूको चौथो स्मृति दिवस कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता दाङ जिल्लाका अध्यक्ष अमर बुढा मगरले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश ५. का सल्लाहकार वेद बहादुर थापा मगर हुनुहुन्थ्यो भने विशिष्ट अतिथि यूके प्रवास सभाका संयोजक तथा दाङ जिल्लाका सल्लाहकार खड्क बहादुर बुढा मगर र अतिथिको रूपमा घोराही उपमहानगरपालिका वडा नं. १६ का पहलमान आले मगर रहनुभएको थियो । दाङ जिल्लाका कोषाध्यक्ष नरेन्द्र रोका मगरको स्वागत मन्तव्य संगै सुरु भएको उक्त कार्यक्रम विशिष्ट अतिथि र प्रमुख अतिथिले मन्तव्य राख्नुभएको थियो । लकडाउनको बाबजुद पनि चौथो स्मृति दिवसको छोटो भेलामा उपस्थिति देखाउनु भएका निडर निर्भीक र इमानदार कार्यकर्तालाई धन्यबाद ज्यापन गर्दै ड.गोपाल गुरुङ ज्यूप्रति हार्दिक श्रद्धा प्रदान गर्नु हुँदै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो । ड.गोपाल गुरुङ ज्यूको सम्झना स्वरूप गरिएको उक्त कार्यक्रम दाङ जिल्ला सदस्य विश्व ज्योति थापा मगरले सञ्चालन गरेकी थिइन् । औपचारिक कार्यक्रम पश्चात् छलफलमा कार्यसमितिलाई अझ मजबुत र सक्रिय बनाउनुपर्ने विषयमा प्रमुख अतिथि खड्क बहादुर बुढा मगरले केही सल्लाह - सुझाव दिनुभएको थियो ।

दाङमा संस्थापक प्रेसिडेण्ट ड. गोपाल गुरुङको चौथो स्मृति सभा सम्पन्न ।

त्यसैगरी लकडाउनको कारणले दाङ जिल्लाको सभा हल घोराहीमा उपस्थित हुन नसक्ने हुँदा केही कार्यकर्ताहरूले भने तुलसीपुर उपमहानगरपालिका - ८ मा धर्म बहादिर घर्ती मगरको अध्यक्षतामा ड.गोपाल गुरुङ ज्युको चौथो वार्षिक स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश ५. का सदस्य घनश्याम चौधरी रहनुभएको थियो भने अतिथिको रुपमा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। जिल्ला सदस्य रमिता चौधरीको स्वागत मन्तव्य संगै आफ्ना भनाई राख्दै उपस्थित शुभचिन्तकहरुलाई स्वागत गर्नुभएको थियो । प्रमुख अतिथि लगायत अन्य अतिथिले पनि आ-आफ्ना मन्तव्य राख्नुभएको थियो। उक्त कार्यक्रम दाङ जिल्लाका सचिव प्रितम चौधरीले सञ्चालन गरेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्