बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दाङमा थाल्यो एम एनओले आफ्नो गतिविधि

mongol vision | 23 अगस्ट 2021

दाङमा थाल्यो एम एनओले आफ्नो गतिविधि

दाङ/ कोरोना महामारीको सहजता सगै मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङले जिल्लामा आफ्नो गतिविधि अघि बढाउन थालेको छ ।

एम एनओको मंगोलवाद दर्शन लिएर नेता कार्यकर्ताहरु मुलबासी मंगोल समुदायहरुको घर-घरमा गई दर्शनको बारेमा बताउन शुरु गरेको छ । जिल्ला सभा दाङको पहलमा र घोराही उप महानगर सभाको आयोजनामा भदौ ५ गते घाेराही उप महानगर पालिका वाड नम्बर १२ नारिबाङमा पुर्ण बहादुर घर्ती मगर ज्युकाे सभा अध्यक्षतामा एक दिने मुलबासी मंगाेल अस्तित्व सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य घनश्याम चाैधरी ज्युले सहभागीहरुलाई मंगोलवाद बारेमा प्रशिक्षण प्रदान दिनुभएको थियोे । सो क्रममा चौधरीले एम एनओ के हो ?, मंगोलवाद दर्शन किन आवाश्क छ ? भन्ने बारेमा प्रष्ट पार्नु भयो । कार्यक्रममा जिल्ला सभा दाङ अध्यक्ष प्रितम चाैधरी, सचिव प्रिन्स घर्ती मगर, काेषाध्यक्ष मन बहादुर पुन, सह-सचिव जितन पुन मगर, सदस्य सुशील चाैधरी, ज्याेति राेका मगर, प्रकाश चाैधरी, सुर्य प्रशाद पुन, हुन बहादुर पुन मगर, डम बहादुर छन्त्याल दाङ जिल्ला सभाका सल्लाहकारहरु अम्मर बहादुर बुढा मगर, बसन्त कुमार बुढाथोकी मगर, तुल्सिपुर नगर सभाका अध्यक्ष देब बहादुर राेका मगर अन्य उपस्थिति अहिन्दु मुलबासी मंगाेल दाजुभाइ दिदीबहिनी आमा बुबाहरुकाे उपस्थितिमा रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य घाेराही नगर सभाका सदस्य बिन्दु राेका मगर ज्युले गर्नु भएको थियोे भने कार्यक्रम सञ्चालन नगर सभाका सह-सचिव माधब घर्ती मगर ज्युले गर्नुभएको थियो । त्यस्तै जिल्ला सभाकै सक्रियता ६ गते दाङको दिउखुरी राजपुर गाउँपालिका ६ खहेरभत्ति रामनगरमा मंगोल जागरण अभियान सम्पन्न भएको छ । अभियानमा जिल्ला सभा दाङका काेषाध्यक्ष मन बहादुर पुन, सह-सचिव जितन पुन मगर, सल्लाहकार बसन्त कुमार बुढाथोकी मगर, सदस्य पहलमान आले मगर लगायत उपस्थिति रहेको कोषाध्यक्ष मन बहादुर पुनले मंगोल भिजन साप्ताहिकलाई जानकारी दिनु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्