Baneera Mongol Meche | 10 फेब्रुअरी 2019
पाल्पा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पाको पहलमा बगनासकाली गाउँपालिका वडा नं. ६ स्थित दानसिंहघा र टेक्रेमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
९ फेब्रुअरी शनिबारका दिन संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन विभाग सदस्य लाल दर्लामीको उपस्थितिमा दानसिंहघामा मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका मुख्य प्रशिक्षक रहनुभएको केन्द्रीय सदस्यद्वय लाल दर्लामी ज्युले मानव उत्पति, मूलवासी मंगोलको अस्तित्व र एमएनअोको सिद्धान्तको विषयमा उपस्थित मूलवासी लोक समुदायलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा पाल्पा जिल्ला सचिव पुरन दर्लामी र पाल्पा जिल्ला सांस्कृतिक सभाका संयोजक तथा बगनासकाली टोल सभाका सदस्यहरुको पनि उपस्थित रहेको थियो ।
" गाउँ - गाउँ जाअौं, मूलवासी मंगोल जगाअौं, अस्तित्व बचाअौं " भन्ने संगठनको मुल अभियानलाई अात्मसात गर्दै सोही दिन पाल्पा जिल्ला सभाकै पहलमा बगनासकाली वडा नं.- ६ टेक्रेमा जिल्ला अध्यक्ष तोप खाम्चा र संगठनका केन्द्रीय सदस्य विष्णुमान वि.क.को उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित मूलवासी मंगोलहरुलाई कार्यक्रमका प्रमुख प्रशिक्षक केन्द्रीय सदस्य विष्णुमान वि.क. ले युग पुरुष अमर डा. गोपाल गुरुङ ज्युको मंगोलवाद र एमएनअोको सांगठनिक विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो भने कार्यक्रममा जिल्ला सदस्य लक्ष्मण गाहा लगायतको समेत उपस्थिति रहेको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology