बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दुप्चेस्वरमा मंगोलको प्रशिक्षण साथै गठन

Pradiksha Tamang | 1 डिसेम्बर 2019

दुप्चेस्वरमा मंगोलको  प्रशिक्षण  साथै  गठन

एम एन ओ जिल्ला सभा नुवाकोटको आयोजनामा आज मिति 30 नोभेम्बर 2019(2076-08-14) गते दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर 2,हुङ पुरानो विद्यालयको प्राङ्गणमा बिमान तामाङको सभाध्यक्षता र केन्द्रिय वैकल्पिक सदस्य प्रेम श्रेष्ठको प्रमुख आतिथ्यतामा परिचयात्मक प्रशिक्षण साथै तदर्थ सभा गठन सम्पन्न भएको छ भने कार्यक्रममा तारा बहादुर मोक्तानले स्वागत मन्तव्य राख्दै जिल्ला सभाको सदस्य उक्त कार्यक्रमको अतिथी बुद्धिमान तामाङले आफ्नो मन्तव्यमा मुलबासी मंगोलहरुले आफ्नो मंगोल अस्तित्व बुझ्दै अब जनजाति आदिवासी भन्न छोड्नुपर्नेमा जोड दिनुभयो त्यसै गरी जिल्लासभाको सचिब प्रदिक्षा तामाङले परिचयात्मक प्रशिक्षण अर्थात मंगोल नेशनल अर्गनाइजेसनको अवश्यकता औलाउदै उहाँले नै कार्यक्रम संचालन गर्नु भएको हो।

दुप्चेश्वर गाउँपालिका तदर्थ सभाको पधाधिकारीहरुमा 
अध्यक्ष विमान तामाङ,सचिव तारा बहादुर मोक्तान,कोषाध्यक्ष नीर कुमार तामाङ,सहसचिव सन्देश मोक्तान,सदस्य नितेश तामाङ,सदस्य हिमाल तामाङ,सदस्य जयराम तामाङ, सदस्य सुरज तामाङ,सदस्य विशाल तामाङ, सदस्य आदित्य तामाङ,सदस्य होम बहादुर तामाङ,सदस्य राजेन्द्र तामाङ, सदस्य देवराज मोक्तान ,सदस्य रवीन्द्र मोक्तान,सदस्य करण तामाङ चयन हुनुभएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्