शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दिपेश कुमार राईको अध्यक्षतामा एमएनओ दमक नगर सभा गठन

Mongol Vision | 5 जनवरी 2021

दिपेश कुमार राईको अध्यक्षतामा एमएनओ दमक नगर सभा गठन

झापा/ मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला सभाको दमक नगरपालिका दिपेश कुमार राईको अध्यक्षतामा १४ सदस्यीय गठन भएको छ ।

दमक नगरपालिका वडा नम्बर एक स्थित किरात यायोक्खाको भवनको हलमा दिपेश कुमार राईको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रमले उक्त समिती चयन गरेको हो । कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय सभा सदस्य सान मेचेको प्रमुख आतिथ्यता रहेको थियो । झापा जिल्ला सभा अध्यक्ष लासिम हाङ मंगोलले सञ्चालन गरेको उक्त कार्यक्रममा एमएनओ कमल गाउँसभाका अध्यक्ष प्रेम कुमार लिम्बू, सचिव हिजन राई, कोषाध्यक्ष महेस राई, कमल वडा नम्बर ५ का अध्यक्ष रञ्जन राई लगायत चुलाचुली गाउँसभा इलामका सचिव सुन्दर ओजि लिम्बूको पनि उपस्थिति रहेको थियो । नवगठित पदाधिकारीहरुलाई प्रमुख अतिथी मेचेले खदा ओढाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो भने कमल गाउँसभा अध्यक्ष, सचिव क्रमशः प्रेम कुमार लिम्बू, हिजन राई र चुलाचुली इलामका सचीव सुन्दर ओजि लिम्बूले शुभकामना मन्तव्य राखेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्