शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

थ्रेसहोल्डको विरोध गर्दै निर्वाचन कार्यलय म्याग्दीमा ज्ञापन पत्र

Mongol Vision News | 17 फेब्रुअरी 2022

थ्रेसहोल्डको विरोध गर्दै निर्वाचन कार्यलय म्याग्दीमा  ज्ञापन पत्र

मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले जिल्ला निर्वाचन कार्यलय बेनी म्याग्दीमा थ्रेसहोल्डको विरोध गर्दै जिल्ला निर्वाचन कार्यलय प्रमुखलाई ज्ञापन पत्र बुझाँएको छ।
मंगोल नेशनल अर्गनाईजेशनले स्थापना कालदेखि नै लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तिय सरकारको वकालत गर्दै आईरहेको र त्यसैको निम्ति संघर्ष गरिरहेको बताउँदै निर्वाचन आयोगमा चुनाव चिन्ह सहित दर्ता भईसके पछि आसन्न स्थानिय तहको चुनावमा संगठनले आफ्नै चुनाव चिन्हबाट चुनाव लड्न पाउनु पर्ने माग गरेको हो । 
ज्ञापन पत्रमा लोकतन्त्रको निति र मर्मलाई लट्याएर कथित थ्रेसहोल्ड लागुगरी लोकतन्त्र विपरित तानाशाही एकतन्त्रिय शैलिमा जारी गरिएको स्थानिय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ लागु गरी कुनै दल वा पाटीलाई चुनाव चिन्ह नदिनु भनेको लोकलन्त्रको मुल्य र मान्यता विपरित भएको र उक्त विभेदकारी ऐनलाई लागु नगर्न आग्रह गरिएको छ ।
जिल्ला सभा म्याग्दीका अध्यक्ष डेगबहादुर (डिके) पुनमगरको संयोजकत्वमा कोषाध्यक्ष दिपक पुन, जिल्ला सदस्य ओमराज मगर, जिल्ला सदस्य राम (सिदाहा) गर्वुजा लगायतका नेता कार्यकर्ताहरु जिल्ला निर्वाचन कार्यलय म्याग्दीमा उपस्थित हुनुभएको थियो ।

थ्रेसहोल्डको विरोध गर्दै निर्वाचन कार्यलय म्याग्दीमा  ज्ञापन पत्र

अध्यक्ष डिके पुन मगरले मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तर्फबाट ज्ञापन पत्र कार्यलय प्रमुखलाई बुझाउँदै गत २०७४ को स्थानिय तहको चुनावमा उक्त विभेदकारी ऐन जारी भएपनि लागु नगरेको बताउदै आसन्न स्थानिय तहको चुनावमा उक्त विभेदकारी ऐन लागु गर्नुमा धेरै षड्यन्त्रहरु रहन सक्ने र विभेदको सिलसिला निर्वाचन आयोग र निर्वाचन जस्तो लोकतन्त्रको धरोहर सम्म आईपुग्नुले आफुहरु चिन्तित रहेको बताउनु भयो । 
जिल्ला निर्वाचन कार्यलयका प्रमुख भिमप्रसाद घिमिरेले उक्त ऐन संसदबाटै बनेकाले ऐन अनुसार नै आयोगले काम गरिरहेको र उक्त ऐनमा थ्रेसहोल्डको व्यवस्थाले धेरै दलहरुलाई स्थानिह तह चुनावमा चुनाव चिन्ह विहिन बनाउने व्यवस्था गरेको बताउनु भएको छ ।
मंगोल नेशनल अर्गनाईजेशनको संगठन सकृय रहेका देशैभरिका जिल्ला निर्वाचन कार्यलयहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । भने केन्द« सभाले  निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाइ सकेकाे छ । 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्