मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दोरम्बा रामेछापमा मंगोल नेशनल अर्गनाइजेशन(एम.एन.ओ)

Mongolvisionnews | 19 डिसेम्बर 2019

दोरम्बा रामेछापमा मंगोल नेशनल अर्गनाइजेशन(एम.एन.ओ)

रामेछाप / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रामेछापको संगठन बिस्तार तथा प्रशिक्षण अभियानको क्रममा 19 डिसेम्बर 2019 का दिन संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य तथा केन्द्रीय सचिवालय सचिव रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथामा मंगोल दर्शन सम्बन्धी एकदिने प्रशिक्षण तथा वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । 
दोरम्बा गाउपालिका वडा नम्बर 7, डोब्लामा सम्पन्न कार्यक्रम जिल्ला सभा रामेछापका अध्यक्ष चन्द्र प्रकाश घिसिङको सभाध्यक्षमा सम्पन्न भएको थियो । 
स्थानीय मुलबासी मंगोलहरुको उल्लेख उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तामाङले मंगोल नेशनल अर्गनाइजेशनले अगाडि सारेको मंगोल दर्शनलाइ बस्ती बस्तिमा पुर्‍याउदै समाजमा महामानव सिदाहा बुद्दले प्रतिपादन गर्नु भएको समानता, स्वतन्त्रता र भातृत्वलाइ स्थापित गर्नु पर्ने कुरालाइ जोड दिनु भएको थियो । संसारमा भएको तीन वटा दर्शन/बिचारहरु फासिजम, कम्युनिजम र लोकतान्त्रिक समाजवादमा आधारित मंगोलिजम मध्ये युग सुहाउदो दर्शन मंगोलिजम भएको कुरालाइ प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रमकै अवसरमा मंगोल नेशनल अर्गनाइजेशन दोरम्बा गाउपालिका 2 नम्बर वडा सभा अमृत घिसिङको अध्यक्षतामा  गठन भएको छ । 15 सदसिय नवगठित वडा सभाका सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश रमेश थापा मगर, सुमन खपाङ्गी मगर, सागर घिसिङ सदस्यहरुमा केशव खपाङ्गी, मान बहादुर थापा मगर, रन्जिता मोक्तान, अन्जिता घिसिङ, कुसुम तामाङ, नेमाङ घिसिङ, पन्च बहादुर तामाङ, चन्द्र बहादुर तामाङ, तिर्थ बहादुर तामाङ, रमेश मोक्तान, ग्याम्सो घिसिङ चयन भएको छ ।
 

दोरम्बा रामेछापमा मंगोल नेशनल अर्गनाइजेशन(एम.एन.ओ)

कार्यक्रममा बिशेष अतिथी केन्द्रिय सभा सदस्य मंगोल भक्त खपाङ्गी अतिथि 3 नम्बर प्रदेश सभाका सदस्य सागर आले, बिराज घिसिङ, धादिङ्ग जिल्ला सभा अध्यक्ष सन्तोष कुमार तामाङ, रामेछाप जिल्ला सचिव भुवन घिसिङ,कोषाध्यक्ष ओमनारायण श्रेष्ठ, सल्लाहकार नवराज मगर लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रम जिल्ला सभा सहसचिव सिताराम मगरले संचालन गर्नु भएको थिए । 
प्रमुख अतिथी द्वारा खादक लगाइ सम्मान सहित पद तथा गोपनियताको सपथ ग्रहण भएको कार्यक्रममा अतिथिहरु बाट शुभकामना तथा बधाई ज्ञापन दिइएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्