शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दोस्रो ऐतिहासिक घिरिङ गाउँपालिकाअधिबेशन सम्पन्न

Sushma Ale | 26 डिसेम्बर 2020

दोस्रो ऐतिहासिक घिरिङ गाउँपालिकाअधिबेशन सम्पन्न

टनहुँ/मिति 23 December,2020 ,बिहीवारको दिनमा मंगोल नेशनल अर्गनाइजेसन, दोस्रो एतिहासिक घिरिङ गाउँपालिका अधिबेशनको मुल आयोजक सभाका संयोजक भिम बहादुर थापाज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य प्रबिना थापा मगरज्युको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा, तनहुँ गा.पा.का.-०४,गबुडाडा , तनहुँमा मंगोलहरुको आवाज विभेदरहित समाज,सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता देश विकास र रोजगार र शान्तिको आवश्यकता , मुलवासी मंगोलहरुको सरकार बनाउनु पर्ने प्रतिबद्धता भन्ने मुलनाराका साथ दोस्रो एतिहासिक घिरिङ गाउँपालिका अधिबेशनको घोषणा सभा सम्पन्न भएको छ ।

विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेसन, दोस्रो एतिहासिक तनहुँ जिल्ला अधिबेशनका मुल आयोजक सभाका संयोजक प्रेम बहादुर थापा हुनुहुन्थ्यो । मिति 23th, Dec.2020को दिनमा भएको दोस्रो एतिहासिक घिरिङ गाउँपालिका अधिबेशनको बन्दसत्रबाट भिम बहादुर थापाको अध्यक्षतामा 15 सदस्ययी मंगोल नेशनल अर्गनाइजेसन, घिरिङ गाउँ सभा निर्विरोध निर्वाचित भएको छ । सचीवमा सुमित्रा थापा मगर, कोषाध्यक्षमा कार्यक्रमका श्याम थापा, बिर बहादुर थापा, मन बहादुर थापा, हरिभक्त थापा, मन बहादुर थापा, मन बहादुर राना, बल बहादुर थापा, होम बहादुर थापा, पर्शुराम थापा, उत्तम बि . क, बम बहादुर राना, मुक्त सिं थापा हुनुहुन्थ्यो ।
विशिष्ट अतिथी प्रेम थापाज्युले सम्पुर्ण नवनिर्वाचित सभाका पदाधिकारीहरुलाइ शुभकामना दिदै अबको एक पुस्ताले मंगोल मुक्तिको लागि त्याग तपस्या र बलिदान दिनुपर्ने बताउनुभयो ।त्यसरी नै प्रमुखतिथी थापाज्युले मंगोल नेशनल अर्गनाइजेसनको जित ढिलै भएपनी निश्चित रहेको बताउदै नवनिर्वाचित पदाधिकारीहरुलाई हौसला दिनुभएको थियो ।दोस्रो एतिहासिक घिरिङ गा.पा. अधिबेशनका मुल आयोजक सभाका श्याम बहादुर थापाज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिब सुमित्रा थापा मगरज्युले बैठक संचालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्