बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दोस्रो धनकुटा जिल्ला अधिबेशन सम्पन्न

mongolvision | 28 नोभेम्बर 2021

दोस्रो धनकुटा जिल्ला अधिबेशन सम्पन्न


धनकुटा / मंगोल नेशनल अर्गनाइजेशन धनकुटा जिल्ला सभाको दोस्रो जिल्ला अधिबेशन समपन्न भएको छ ।
मंसिर ११ गते सनिवार दोस्रो जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक बिश्व लावतीको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य श्याम लिम्बुको प्रमुख आतिथ्यतामा दोस्रो अधिबेशन समपन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य सुरज फम्बो लिम्बु , १ न प्रान्तीय सभा सचिब सागर राई , सदस्य श्याममान राई अतिथीको रुपमा रहनु भएको थियो ।  दोस्रो जिल्ला अधिबेशन कार्यक्रम लाइ सम्बोधन गर्दै प्रमुख अतिथी लिम्बुले संकृय भएर संगठनको काम गर्न सबै कार्यकर्ताहरु लाई निर्देशन दिनु भयो । त्यस्तै उहाले नव निर्बाचित जिल्ला पदाधिकारीहरु लाई कार्यकालको शुभकामना प्रदान गर्नु भयो । दोस्रो जिल्ला अधिबेशन कार्यक्रममा केन्द्रीय सदस्य सुरज फम्बो , १ न प्रान्तीय सभा सचिब सागर राइए पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
दोस्रो जिल्ला अधिबेशनको बन्द सत्रले  मनोज राइको अध्यक्ष तामा २२ सदस्य जिल्ला सभा निर्बाचन गरेको छ ।  जसको सचिब , कोषाध्यक्ष र  सह सचिब  क्रमश निरण राई , दिलमाया लिम्बू र टेक बहादुर लिम्बू रहनु भएको छ । त्यस्तै सदस्यहरुमा देवान बान्तवा , बिक्रम मगर , बिस्नु मगर ,गोपाल तामाङ , बिस्नु राई , अनुरा राइ ,सबिन राई , प्रकाश राई , शुकलाल राई ,डेबिट राई ,लालराम मगर रहनु भएको छ भने पुर्ण बहादुर राई ,दिक्षा राई ,हरिकेशर चेम्जोङ,उतर कुमार राई , सुरेस राई , रमिका राई र विश्व लावती लाई जिल्ला सभाको सल्लाहकारमा चयन गरेको छ ।    नव निर्बाचित जिल्ला सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि श्याम लिम्बुले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्