Basudev Nepali | 22 फेब्रुअरी 2020
रुपन्देही/ मंगोल नेशनल अर्गनाइजेशन रुपन्देही जिल्ला सभा ले ठुटिपिपल गाउँपालिका वार्ड नं. १ मा एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ ।
२२ फेब्रुअरी २०२० मा रुपन्देही जिल्ला सभाका सदस्यीय प्रेम बा. अदै को सभाध्यक्ष, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य शिव बहादुर गुरुङ को प्रमुख आतिथ्यता साथै केन्द्रिय सभा का सदस्य चन्द्र कुमारी गुरुङ को विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन ५ नं. प्रदेश सभा का सदस्य तथा प्रशिक्षक देब गुरुङले संगठन को सिद्धान्त, भिजन बुझाउदै ब्राहमणवादी सोच बाट बच्न को लागि प्रशिक्षक को भुमिका निर्वाह गर्नु भएको थियो।
कार्यक्रममा जिल्ला कोषाध्यक्ष हुमा गुरुङ , जिल्ला सदस्यहरु कुलविर घर्ती मगर , राजकुमार परियार , राजु गुरुङ , देवदह नगर अध्यक्ष इन्द्र बा. नेपाली लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । रुपन्देही जिल्ला सभाका सदस्य सलोन चिदी मगर को सञ्चालन र जिल्ला सदस्यीय चन्द्र बा. गुरुङ को स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology