बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दुधपोखरी गाउँपालिकामा एमएनअोको वडा सभा गठन साथै प्रशिक्षण

Baneera Mongol Meche | 15 फेब्रुअरी 2019

दुधपोखरी गाउँपालिकामा एमएनअोको वडा सभा गठन साथै प्रशिक्षण

                 लमजुङ / मंगोल नेशनल अर्गनाइजेशन लमजुङ जिल्ला सभाको अायोजनामा लमजुङको दुधपोखरी गाउँपालिकाको वडा नं.- ६ स्थित अोखरे अामा समुहको भवन साथै वडा नं.- ५ स्थित हिमाल माध्यमिक विद्यालयको प्राङ्गण कोल्कीमा एकैसाथ युगपरुष अमर डा. गोपाल गुरुङद्वारा स्थापित मंगोल दर्शन विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

दुधपोखरी गाउँपालिकामा एमएनअोको वडा सभा गठन साथै प्रशिक्षण

                          १५ फेब्रुअरी शुक्रबार मंगोल नेशनल अर्गनाइजेशन लमजुङ जिल्ला सभाका अध्यक्ष बिकास गुरुङको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय सचिवालय सचिव रिन्छेन दोर्जे तामाङको प्रमुख अातिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लमजुङ जिल्ला सभाका कोषाध्यक्ष धन कुमार गुरुङ र सदस्य हेमकुमार गुरुङ लगायतको अातिथ्यता रहेकोको थियो ।

                                    मूलवासी गुरुङ समुदाय लगायतको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि रिन्छेन दोर्जे तामाङले युगपुरुष अमर डा. गोपाल गुरुङ ज्युद्वारा स्थापित मंगोल दर्शन र एमएनअोको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रमकै अवसरमा कल बहादुर गुरुङको अध्यक्षतामा १८ सदस्यीय दुधपोखरी गाउँपालिका वडा नं.- ६ वडा सभा गठन भएको छ । जसको सचिव, कोषाध्यक्ष र सह-सचिवमा क्रमशः सगुना गुरुङ, प्रेमकुमारी गुरुङ र रविजंग गुरुङ रहेका छन् भने सदस्यहरुमा सञ्जय वि.क., भूमिराज गुरुङ, चिज बहादुर तामाङ, कल बहादुर गुरुङ, मानसिंह गुरुङ, विष्णु बहादुर गुरुङ, सरस्वती गुरुङ, कल बहादुर गुरुङ, भमराज गुरुङ, ,राज बहादुर गुरुङ, नन्दमाया गुरुङ, केशमाया गुरुङ र टेकमाया गुरुङ रहेका छन् । उक्त कार्यक्रमलाई लमजुङ जिल्ला सचिव प्रेम बहादुर गुरुङले सञ्चालन गरेका थिए

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्