शनिबार 18 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देउमाई नगर सभाको धुसेनी तदर्थ वडा सभा गठन

Mongol Vision News | 16 जून 2019

देउमाई नगर सभाको धुसेनी तदर्थ वडा सभा गठन

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्ला सभाको सक्रियतामा इलामको देउमाई नगर सभाको वडा नम्बर पाँच धुसेनी तदर्थ नगर सभा गठन भएको छ ।

       16 Jun आईतवारका दिन देउमाई नगरको वडा नम्बर पाँच बारुङ गाउँ स्थित मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रमको बीच मानसिंह तामाङको अध्यक्षतामा चौंध सदस्यीय उक्त नगरसभा गठन भएको हो । उक्त वडा सभाको सचिव र कोषाध्यक्षमा क्रमश: कृष्ण कुमार राई र निमा दोर्जे तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा पुर्ण कुमार थेगिम, खगेन्द्र तामाङ, टेकवीर राई, सन्तकुमार राई, कृष्ण कुमार लामा, हर्कबहादुर घिसिङ, विष्णु कुमार लामा, सन्तबहादुर तामाङ, सितादेवी तामाङ, राजकुमार नेम्बाङ र चन्द्रबहादुर सम्बाहाम्फे रहेका छन् ।

     स्थानिय मंगोलप्रेमी अम्बर बहादुर नेम्बाङको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संगठनका वरिष्ठ केन्द्रीय सदस्य गौरिमान योङहाङ प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य राजन चाम्लिङ त्यस्तै अन्य अतिथिमा केन्द्रीय सदस्य धनराज राना मगर र इलाम जिल्ला सभाका अध्यक्ष प्रेम बहादुर तामाङ रहन्ज भएको थियो । कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन ईलाम जिल्ला सभालाई ऐतिहासिक जिल्लाको रुपमा वास्तविक रुपमा ऐतिहासिक जिल्ला बनाउन कठोर संघर्ष गर्ने कुरामा प्रमुख अतिथी योङहाङले जोड दिनुभयो भने कार्यक्रमलाई धनकुमार नेम्बाङ ज्युले सन्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्