आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देउमाई नगरको नवमीमा बृहत मंगोल खुल्ला सभा

mongol vision | 10 अप्रिल 2021

देउमाई नगरको नवमीमा बृहत मंगोल खुल्ला सभा

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन देउमाई नगर सभाको आयोजनामा जितपुरको नवमीमा एकदिने खुल्ला मंगोल सभा सम्पन्न भएको छ ।

देउमाई नगर सभाका अध्यक्ष गंगाराज योन्जन तामाङ्गको सभाध्यक्षतामा सम्पन्न उक्त बृहत मंगोल सभामा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय मुलसचिव थमन बहादुर बुढा मगर प्रमुख अतिथिमा रहनुभएको थियो । यस्तै अन्य अतिथिहरुमा केन्द्रिय प्रचार प्रसार प्रमुख मणि पापो, वरिष्ठ केन्द्रिय सदस्य तथा साँस्कृतिक सभा संयोजक सुर्य कुमार गुरुङ, केन्द्रिय सर्वोच्च सभा सदस्य श्याम बहादुर लिम्बू , मंगोल भिजन राष्ट्रिय साप्ताहि पत्रीकाका प्रबन्धक राज कुमार गुरुङ्ग, केन्द्रिय सदस्य गलिन्द्र योङहाङ्ग, केन्द्रिय सदस्य प्रेम जिम्बा तामाङ, राजन चाम्लिङ, सन्त कुमार मगर, सुनिता लिम्बू (लाखरानी), प्रविना थापा मगर, वैकल्पिक केन्द्रिय सदस्यद्वय लक्ष्मन माक्रेहाङ्ग, भुवनसिंह योङ्गहाङ्ग, बाग्मती प्रदेश सभाका सदस्य सागर मगर, झापा जिल्ला सभा अध्यक्ष तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाका प्रमुख समाचारदाता लासिमहाङ्ग मंगोल, नुवाकोट जिल्ला अध्यक्ष साथै मंगोल भिजन पत्रीकाका पत्रकार प्रदिक्षा तामाङ, निवर्तमान इलाम जिल्ला सभाका अध्यक्ष तथा इलाम जिल्ला सभाको १४ जिल्ला अधिवेशनको संयोजक प्रेम कुमार बम्जन तामाङ, मोरङ्ग जिल्ला सभाका जिल्ला सदस्यद्वय सुमन लिङ्ग्देन, अविनास राई, माइनगर सभाका अध्यक्ष चन्द्र फागो लिम्बू , सुर्योदय नगर सभाका अध्यक्ष बिराज तामाङ, मंगोल गायक रोल्पाका दिपक पुन मगरको उपस्थिति रहेकोे थियो ।

देउमाई नगरपालिकाको विभिन्न क्षेत्रबाट हजारौं हजारको संख्यामा उपस्तिथि रहेकोे उक्त बृहत खुल्ला सभामा हिजोको दिनमा युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युलाई न्यानो माया साथ गाँस बाँस कपास दिएर अमुल्य योगदान गर्नुहुने ब्याक्तित्व र उनीहरूका परिवारलाई सम्मान पत्र प्रदान गरिएको थियो । यसरी सम्मानित ब्याक्तित्वहरुमा देउमाइ नगरपालिका वार्ड नम्बर ९ बाट असार सिंह खजुम, कमल बहादुर खजुम, खोम प्रसाद जबेगु, चार्जहाङ्ग लिम्बू , सरस्वता मरोहाङ्ग, देशराज मावोहाङ्ग, भक्त जवेगु, होमलाल जवेगु, होम कुमारी मगर, लोक बहादुर मरोहाङ्ग, वीरमान मरोहाङ्ग, यम बहादुर फत्र देउमाई नगरपालिका ८ बाट लोक बहादुर मगर, अगम बहादुर मगर, प्रताप घिसिङ तामाङ, भिम बहादुर तामाङ, दिर्घ याम्फो लिम्बू , नारायण बहादुर राई, काली बहादुर राई, नेत्र बहादुर मगर, तुल बहादुर लिम्बू , चन्द्र बहादुर लिम्बू , फुलमाया मगर, चतुरमान याम्फु लिम्बू , वार्ड नम्बर ७ बाट तुल बहादुर लिम्बू , चन्द्र बहादुर लिम्बू , सुख बहादुर खजुम, हर्क साम्पाङ्ग राई, भिम बहादुर यक्तेन लिम्बू , दिर्जहाङ्ग लिम्बू , लाल बहादुर लिम्बू , नेत्र बहादुर लिम्बू , हर्क बहादुर लिम्बू , मनोज राज लिम्बू , देउरुपा लिम्बू , रित बहादुर यक्तेन, नर बहादुर लिम्बू , सेर बहादुर योन्जन तामाङ, मान बहादुर गोले तामाङ, बाल कुमार लिम्बु, वार्ड नम्बर ५ बाट कुमार तुम्हाम्फे, नारद शंकर, लालबहादुर फ्याक लिम्बू, बुद्धराज फ्याक लिम्बू , आइतराज फ्याक लिम्बू , धनेन्द्र फ्याक लिम्बू , वार्ड नम्बर २ बाट डोर बहादुर लावती लिम्बू , र वार्ड नम्बर १ बाट यम बहादुर गुरुङ रहनुभएको थियो । पुराना कार्यकर्ता सम्मान तथा बृहत खुल्ला सभामा प्रेम कुमार बम्जन तामाङ, प्रदिक्षा तामाङ, प्रविना थापा मगर, देव माक्रेहाङ्ग श्याम लिम्बू सुर्य कुमार गुरुङ र प्रमुख अतिथि ज्युहरुले आ-आफ्नो दमदार भनाइहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि बुढा मगर ज्युले यो मुलुक हाम्रै हो भन्ने भनाइ मंगोल नेशनल अर्गनाइजेशनले मात्र भनेको होइन बाहुन क्षेत्रीहरुले नै किटानका साथ बोलेर लेखेर प्रमाणिात गरिदिएका छन् तर हामी बहुसंख्यक मुलवासी मंगोलहरु हिन्दुवाद अर्थात बाहुनवादको जालोमा फसेर हाम्रै साझा दुश्मनलाई बर्षौदेखी अमुल्य मत दान गरिरहेका छौँ ।

यसर्थ अब उसो आउँदो चुनावमा आफ्नो मुलघर चिनेर, एम एनओको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न आग्रह गरेका थिए । देउमाई नगर सभाका विभिन्न वार्डहरुबाट उपस्थिति रहेको उक्त सम्मान तथा खुल्ला सभामा रोल्पाका मंगोल गायक दिपक पुन मगरले बिचबिचमा मंगोल गीत गाएर भरपुर मनोरञ्जन प्रदान गराएका थिए । लाल बहादुर गोले तामाङले स्वागत मन्त्यव्य दिएर शुरुभएको उक्त कार्यक्रम चन्द्रमान बुङ्ग्छेन राइले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्