बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देउमाई नगरपालिकामा मंगोल प्रशिक्षण

mongolvision | 20 मार्च 2022

देउमाई नगरपालिकामा मंगोल प्रशिक्षण

 

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन देउमाई नगरसभा, इलामको आयोजनामा देउमाई नगरपालिकाको सुनुवार गाउँस्थित रत्नमाई प्रा. वि. को प्राङ्गणमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा देउमाई नगरसभा अध्यक्ष कर्ण तामाङकोको सभाध्यक्षता रहेको थियो भने संगठनका केन्द्रिय प्रचारप्रसार सचिव मणि पापोकोको आतिथ्यता रहेको थियो । कार्यक्रममा 
विशिष्ट अतिथि केन्द्रिय सर्वोच्च सभा सदस्यहरु सुर्य गुरुङ र 
सान मेचे रहनुभएको थियो भने अतिथिहरुमा इलाम जिल्ला अध्यक्ष  गंगा तामाङ, सदस्य सुर्य तामाङ रहनुभएको थियो । 

कार्यक्रममा अतिथि गंगा तामाङके मन्तव्य राख्नुभएको थियो भने विशिष्ट अतिथि सान मेचेले उपस्थित लोक समुदायहरुलाई मानव उत्पत्ति, अस्तित्व र पहिचान बिचको फरक, नेपालको राजनीतीमा एम. एन. ओ. को भुमिका र आवश्यकताको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि सुर्य कुमार गुरुङले पनि मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मणि पापोले अबको समय जातीय र क्षेत्रीय सोचभन्दा माथि उठेर मूलबासी मंगोलको भावनाले एक हुनुपर्ने र आफ्नो अस्तित्व, अधिकार प्राप्तिको निमित्त आगामी चुनावमा भाले चिन्हमा मतदान गर्न सबैमा आव्हान गर्नुभयो । उक्त कार्यक्रम  देउमाई नगर सचिव विशाल लिम्बूले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्