Mongol_vision | 1 जनवरी 2022
म्याग्दी, १ जनवरी २०२२ का दिन मंगेाल नेशनल अर्गनाईजेशन देविस्थान वडा अधिवेशन आयेाजक सभाकेा आयेाजनामा मालिका गाउँपालिका ५ नं. वडा अधिवेशन खुला घेाषणा सभा तथा एम.एन.अेा. ३३ अैाँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएकेा छ।
जिल्ला सभा सचिव एलिस रेाका मगरकेा संचालन तथा वडा आयेाजक सभाका अध्यक्ष गेाविन पुन मगरकेा सभा अध्यक्षतामा सम्पन्न भएकेा कार्यक्रममा एम.।एन.अेा. केन्द्र सभाका सदस्य गंगा खपाङ्गी प्रमुख अतिथिकेा रूपमा उपस्थित हुनुभएकेा थियेा।
गण्डकी प्रदेश सभा सदस्य द्वय रणबहादुर फगामी र मिनु थापा मगर विशिष्ट अतिथिकेा रूपमा कार्यक्रममा सहभागी हुनु भएकेा थियेा, अतिथिहरूमा जिल्ला सभा म्याग्दीका अध्यक्ष डिके पुन मगर, केाषाध्यक्ष दिपक मंगेाल लगायत जिल्ला सभाका सदस्यहरू, पालिका अध्यक्ष तथा प्रतिनिधिहरू रहनुभएकेा थियेा।
कार्यक्रममा प्रमुख अतिथि गंगा खपाङ्गीले उपस्थित हुनुभएका मुलवासी मंगेालहरूलाई ३३ अैाँ स्थापना दिवसकेा अवसरमा शुभकामना व्यक्त गर्दै राजनितिक शक्तिनै मुलवासी मंगेालहरूकेा हकअधिकार सुनिश्चित गर्ने एक मात्र शक्ति भएकेाले मंगेाल नेशनल अर्गनाईजेशनकेा नारा, एजेन्दा, सिद्धान्त तथा दर्शनमा देशका मुलवासी मंगेालहरू राजनितिमा अग्रसर हुनुपर्ने जिकिरगर्दै एम.एन.अेा.केा विधानले दिएकेा ५० प्रतिशत महिला केाटालाई सदुपयेाग गरी अगाडी बढ्न समेत आग्रह गर्नुभएकेा थियेा।
कार्यक्रममा प्रदेस सभा सदस्य द्वय रणबहादुर फगामी, मिनु थापा, जिल्ला सभा अध्यक्ष डिके पुन मगर, केाषाध्यक्ष दिपक मंगेाल, जिल्ला सदस्य रामप्रसाद पुन, बेनी नगरपालिका अध्यक्ष प्रेम श्रीस, रघुगंगा गाउपालिका सचिव धनबहादुर पुन, धवलागिरी गाउँपालिका सदस्य लालप्रसाद श्रीपाली, मालिका गाउपालिका सदस्य कुलबहादुर फगामी लगायतले।शुभकामना मनतव्य राख्नु भएकेा थियेा।
साथै कार्यक्रममा गेाविन पुनमगरकेा अध्यक्षतामा सचिव
तेजिन्द्र फगामी, केाषाध्यक्ष लेखबहादुर बुढामगर, सहसचिव ईन्द्रबहादुर फगामी र प्रचारप्रसार सचिव दिनेश सिउथानी सहित १५ सदस्यीय मालिका गाउँपालिका ५ नं. वडा सभा घेाषणा भएकेा छ,
सर्वसम्मतिले चयनभएका पदाधिकारीहरूलाई वक्ताहरूले बधाई तथा सफल कार्यकालकेा शुभकामना समेत व्यक्त गर्नुभएकेा थियेा
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology