बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देवदहमा मंगोल प्रशिक्षण तथा वार्ड सभा गठन

Mongol Vision News | 5 मे 2019

देवदहमा मंगोल प्रशिक्षण तथा वार्ड सभा गठन

बैशाख ,२१ / मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा रुपन्देहीको देवदह नगर सभा ले देवदह नगरपालिका वार्ड नं.१ मा एक दिने प्रशिक्षण तथा वार्ड सभा गठन गरेको छ । ४ मे, २०१९ मा देवदह नगर सभाका अध्यक्ष इन्द्र बा. नेपालीको को अध्यक्षता, मंगोल नेशनल अर्गनाइजेशन ५नं.प्रदेश सभाका सदस्य देव गुरुङ को प्रमुख आतिथ्यता साथै जिल्ला सदस्य चन्द्र गुरुङ को विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा प्रदेश सदस्य देव गुरुङ ज्यु ले विश्व मा कति वर्णको मानव उत्पति भको छ र कुन कुन ठाउँ मा भएको थियो भन्ने बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । सोहि अवसरमा आफ्नो हक अधिकार खोज्नु हामीले निर्धक्क भएर अगाडि बढ्न अब ढिलो गर्नु नहुने बताउदै उपस्थित सबैलाई मंगोल अस्तित्व बुझी अरुलाई पनि बुझाउन आग्रह गर्दै मुख्य प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो। प्रशिक्षण पश्चात पदम बा. राना को अध्यक्षतामा ११ सदस्यीय देवदह नगर वार्ड नं.१ सभा गठन भएको छ। जस्मा सचिव - नुना थापा , कोषाध्यक्ष - हेमकली पुर्जा , सहसचिव - अनिता थापा , रहेका छन्। सदस्यहरुमा झरना मास्की , निरा राना , हिरा मास्की राना , पार्वती सारु , झविसरा मास्की राना , र सल्लाहकारहरु मा जसुमाया सुर्यवंशि , चक्र बा. थापा रहनु भएका छ । कार्यक्रमका प्रमुख अतिथी देव गुरुङ ले कार्यक्रम लाई सम्बोधन गर्दै नवगठित पदाधिकारीहरु लाई पद तथा गोपनियता को शपथ ग्रहण गराउनु भएको थियो। कार्यक्रममा जिल्ला सदस्यहरु अमर सिंह वि.क , राजकुमार परियार , वडा नं.७ का अध्यक्ष सहविर वि.क , वडा नं.१० का अध्यक्ष माया पुर्जा लगायतको सहभागिता रहेको उक्त कार्यक्रम रुपन्देही जिल्ला सभाका सदस्य सलोन चिदी मगर को सञ्चालन र नगर सचिव बासुदेव नेपाली को स्वागतमा सम्पन्न भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्